मीठो गोलका लागि थापा सम्मानित
काठमाडौँ, १७ फागुन । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापालाई बङ्गलादेशविरुद्धको नेपालले गरेको गोलको उच्च मूल्याङ्कन गर्दे रु एक लाख प्रदान गरिएको छ ।
आज यहाँ मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले व्यक्तिगत रुपमा उक्त रकम हस्तान्तरण गर्दै भन्नुभयो, “फुटबल धेरै हेरिन्छ, त्यो गोल एकदम मिठो थियो अब भारतसँग राम्ररी खेल्नुस्, जितेर आउनुस् ।”
नेपाली टोलीले सन् २०१८ को विश्वकप र २०१९ को एसियाली कपको प्रारम्भिक छनोट चरणको खेलमा यही फागुन २८ गते भारतको गुहाटीमा दक्षिण एसियाको बलियो प्रतिद्वन्द्वी भारतसँग खेल्दैछ । त्यसको पाँच दिनपछि आगामी चैत ३मा मा घरेलु मैदानमा खेल्दैछ ।
नेपाली टोलीका प्रशिक्षक ज्याक स्टेफफोनोस्कीले भारतसँगको खेलअघि खेलाडीलाई सम्मानलाई गरिनाले सकारात्मक सन्देश दिएको बताउनुभयो । एन्फाका कावा अध्यक्ष ललितकृष्ण श्रेष्ठले थापालाई गरिएको सम्मानले नेपाली टोलीलाई हौसला मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
बाइडेनलाई राष्ट्रपति हुन नदिन सशक्त रुपमा लागेका दुई सिनेटर क्रुज र हले बिरुद्ध सिनेटमा नैतिक उजुरी पेश
प्रतिक्रिया