शुक्रबार, कार्तिक ७ २०७७
काठमाडौं ०२:४३
वासिङटन डिसी 16:58

सडक र टुँडिखेलबाट संविधान लेखिँदैन: देउवा

इनेप्लिज २०७१ फागुन १७ गते १४:३९ मा प्रकाशित

deuba4नेपालगन्ज, १७ फागुन । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सडक र टुँडिखेलबाट संविधान नलेखिने बताउनुभएको छ ।

नेपाल वित्तीय कर्मचारी सङ्घ कृषि विकास बैंक लिमिटेडको आजदेखि यहाँ सुरु भएको आठौँ महाधिवेशनको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “भिड जम्मा गरेर संविधान लेखिदैँन, सहमति गरेर प्रक्रियामा जााुको विकल्प छैन भन्ने कुरा ३० दलीय मोर्चाले बुभ्mनु पर्छ ।”

नेता देउवाले वार्ता र संवादमार्पmत सहमति खोजेर अगाडि बढ्नाको विकल्प नरहेको बताउँदै जनतालाई सडकमा ल्याएर दुःख दिने काम मोर्चाले बन्द गरेर छलफलमा आउनैपर्छ भन्नुभयो ।

उहाँले आप्mनो दल सहमतिको पक्षमा रहेको र त्यसका लागि संविधानसभामा अगाडि बढेको प्रक्रियासमेत रोकेर मोर्चालाई संवादका लागि पर्खिएको हो भन्नुभयो ।

प्रतिक्रिया