‘मेरो गोरूको बाह्रै टक्का नगरौँ’–दलका नेता
काठमाडौँ, १७ फागुन । विभिन्न राजनीतिक दलका नेताले आआफ्नो हठ त्यागेर सहमतिका आधारमा जतिसक्दो चाँडो संविधान निर्माणतर्फ केन्द्रित हुन शीर्ष नेतृत्वसँग आग्रह गर्नुभएको छ ।
संवाद क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षात्कारमा नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले सबै दल र दलका नेताले ‘मेरा गोरूका बाह्रै टक्का’भन्दा पनि सबैले केही कुनै न कुनै विषयलाई छाडेर भए पनि संविधान समयमै जारी गर्नुपर्ने बताउनुभयो ।
संसारमा जहाँकहीँ पहिलो प्राथमिकता सहमति नभए अन्तिम विकल्प प्रक्रिया नै भएको हुँदा एमाओवालीलगायत प्रतिपक्ष दलले प्रक्रियामा सहभागी हुदैनौँ भन्नु भनेको लोकतान्त्रिक प्रक्रिया नै मान्दैनौँ भन्नु हो –उहाँले भन्नुभयो ।
नेकपा (एमाले) का पोलिटब्युरो सदस्य रघुजी पन्तले संविधान सहमतिको दस्तावेज भएको हुँदा सबैका सबै अधिकारभन्दा पनि सबैका केही अधिकार सुनिश्चित गरेर जारी गर्नुपर्ने धारणा राख्नुभयो । “संविधानसभाभित्र राष्ट्रिय जनमोर्चाले सङ्घीयता हुनु हुँदैन भनेको छ, त्यसैगरी राप्रपा नेपालले सविधानमा हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग गरेको छ, त्यसैले संविधानका केही विवादित विषयमा सहमति भए पनि केही विषयमा प्रक्रियामा जानाको विकल्प हुँदैन”–उहाँले भन्नुभयो ।
एकीकृत नेकपा (माओवादी) का सचिव टोपबहादुर रायमाझीले संविधानका विवादित विषयमा लगभग सहमति भइसकेका अवस्थामा काँग्रेस,एमालेलगायत सत्तारुढ दलले बहुमतीय दम्भ देखाएर प्रक्रियाको मात्र रटान रट्नु र प्रतिपक्ष दलले आन्दोलन मात्र भन्नु दुवै गलत भएको टिप्पणी गर्नुभयो ।
‘दल र नेताका ससाना स्वार्थ मूल कारण’
उहाँले पार्टी र नेताका ससाना स्वार्थका कारण अहिलेसम्म प्राप्त उपलब्धि नै गुम्ने खतरा बढ्दै गएको हुँदा सचेत रहन शीर्ष नेतृत्वलाई आग्रह गर्नुभयो ।
जनता दलका अध्यक्ष तथा सभासद् हरिचरण शाहले मुख्य ठूला दलले प्रक्रिया र संवाद दुवै रोकेर मुलुकलाई अनिर्णयको बन्दी बनाएको आरोप लगाउनुभयो ।
पूर्वविधायक तथा विश्लेषक सूर्यबहादुर सेनले सार्थक सहमतिबाट आदिवासी जनजाति, दलित महिला तथा उत्पीडित समुदायको अधिकार सुनिश्चित गरी निर्धारित समयमा संविधान जारी गर्न आगह गर्नुभयो ।
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
जसलाई लाज लाग्नुपर्थ्यो, ऊ त वेसरम वन्यो
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
काठमाडौको प्रदुषण र जाम हटाउन चीनबाट केही सुझाबहरु
बानामा एनआरएनए अमेरिकाको निर्वाचनका अध्यक्ष पदका उम्मेदवार कृष्ण प्र.लामिछाने लगायतलाई स्वागत
पेन्सेल्भेनियामा चुनाव नियममा परिवर्तन गर्न दिएको रिपब्लिकनको चुनौतीलाई सर्वोच्च अदालतद्वारा पुन: अस्वीकार
जर्ज फ्लोयडको हत्याको आरोप लागेका पूर्व प्रहरी डेरेक शभिनको सुनुवाइको समापन बहस हुने
एनआरएनए अमेरिकाको चुनावमा उम्मेद्वार हुनेले जनसम्पर्क समितिको पदिय जिम्मेवारबाट राजिनामा दिनु पर्ने
टेक्ससको अस्टिनमा २ महिला र १ पुरुषको गोली हानी हत्या गर्ने पूर्व प्रहरी जासुस अझै फरार
प्रतिक्रिया