सहमतिको वातावरण बनाए वार्तामा बस्न तयार छौँ: अध्यक्ष दाहाल
काठमाडौँ, १७ फागुन । एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले शनिबार राजधानीमा ३० दलीय मोर्चाले निकालेको र्यालीका क्रममा झडपमा परी घाइते भएका नेता तथा कार्यकर्तासँग आज अस्पताल पुगी भेट्नुभएको छ ।
मोर्चाले निकालेको र्यालीका क्रममा बानेश्वरमा झडप हुँदा एमाओवादीका पोलिटब्युरो सदस्य गङ्गानारायण श्रेष्ठ, राजेश बेञ्जनकारलगायतका करिब १०० को सङ्ख्यामा कार्यकर्ता घाइते भएका थिए ।
अध्यक्ष दाहाल कान्तिपुर अस्पतालमा उपचाररत घाइतेहरुको अवस्था बुझ्न बिहान अस्पताल पुग्नुभएको हो ।
सो अवसरमा एमाओवादी अध्यक्ष दाहालले सरकारलाई आफूहरुको आन्दोलन शान्तिपूर्ण हुने जानकारी गराएको भए पनि शान्तिपूर्ण र्यालीसहितको जुलुसमाथि आक्रमण गरिएको भन्दै त्यसको भत्र्सना गर्नुभयो ।
काँग्रेस–एमाले बहुमतको आडमा जबर्जस्ती पेलेर अघि बढ्न खोजेकाले समस्या आएको बताउँदै उहाँले भन्नुभयो – सरकारले सहमतिमा संविधान बनाउने वातावरण बनाए हामी वार्तामा बस्न तयार छौँ ।
घाइतेहरुलाई भेट्न एमाओवादी नेताहरु टोपबहादुर रायमाझी, वर्षमान पुन, जनार्दन शर्मा, प्रवक्ता दीनानाथ शर्मा, अग्नि सापकोटा, हिसिला यमीलगायत अस्पताल पुग्नुभएको थियो ।
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
बाइडेनलाई राष्ट्रपति हुन नदिन सशक्त रुपमा लागेका दुई सिनेटर क्रुज र हले बिरुद्ध सिनेटमा नैतिक उजुरी पेश
प्रतिक्रिया