होलीको नाममा लोला हान्नेलाई सार्वजनिक मुद्दा, दुई वर्षको कैद
इनेप्लिज
२०७१ फागुन १७ गते ६:०३ मा प्रकाशित
होली पर्वमा विकृति फैलाउँदै लोला हान्ने, पानी छ्याप्नेलगायत कार्य गर्नेलाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरी सार्वजनिक मुद्दा लगाउने भएको छ ।
होली पर्वको नाममा जथाभाबी लोला हान्नेलाई पक्राउ गरी सार्वजनिक मुद्दा लगाउने भएको प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक विकास श्रेष्ठले जानकारी दिनुभयो । प्रहरी प्रशासनले होली पर्वलाई विकृतिमुक्त बनाउनका लागि सादा पोसाकका सुरक्षाकर्मीसमेत खटाएको छ ।
विगतमा बिस्केट जात्रा, गाईजात्राजस्ता चाडपर्वमा विकृति फैलाउन सहयोग पु¥याउने होली पर्वमा प्रहरीको विशेष निगरानीमा राखेको बताउँदै विकृति फैलने कुनै कार्य नगर्न प्रहरीले आग्रह गरेको छ ।
बाइडेनको सपथ ग्रहणमा अमेरिकी प्रख्यात गायिकाहरु लेडी गागा र जेनिफर लोपेजको प्रस्तुति हुने
भर्जिनिया फेयरफ्याक्स काउन्टीमा ६५ बर्ष भन्दा माथी तथा अन्यलाई जनवरी १८ देखि खोप दिइने
‘सदन आक्रमणमा संलग्न’ भर्जिनियाका दुई प्रहरी पक्राउ
न्युयोर्क ब्रंक्समा यात्रीयान दुर्घटना हुँदा गाडी झुण्डियो ,९ जना घाइते
अमेरिकामा बाइडेनको उद्घाटन सम्म कोरोनाबाट कूल ४ लाखको मृत्यु हुने ,एकैदिनमा ३७०० सयको मृत्यु
प्रतिक्रिया