होलीको नाममा लोला हान्नेलाई सार्वजनिक मुद्दा, दुई वर्षको कैद
भक्तपुर, १७ फागुन । होली पर्वमा विकृति फैलाउँदै लोला हान्ने, पानी छ्याप्नेलगायत कार्य गर्नेलाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरी सार्वजनिक मुद्दा लगाउने भएको छ ।
होली पर्वको नाममा जथाभाबी लोला हान्नेलाई पक्राउ गरी सार्वजनिक मुद्दा लगाउने भएको प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक विकास श्रेष्ठले जानकारी दिनुभयो । प्रहरी प्रशासनले होली पर्वलाई विकृतिमुक्त बनाउनका लागि सादा पोसाकका सुरक्षाकर्मीसमेत खटाएको छ ।
विगतमा बिस्केट जात्रा, गाईजात्राजस्ता चाडपर्वमा विकृति फैलाउन सहयोग पु¥याउने होली पर्वमा प्रहरीको विशेष निगरानीमा राखेको बताउँदै विकृति फैलने कुनै कार्य नगर्न प्रहरीले आग्रह गरेको छ ।
होलीको दिनमा समेत कसैको इच्छा विपरीत होलीको नाममा फोहोर पदार्थ फाल्ने, रङ्गे दल्ने, जबर्जस्ती लोला हान्नेलाई सार्वजनिक ऐनअन्तर्गत बढीमा दुई वर्षसम्मको जेल सजाय हुने प्रहरीले जनाएको छ ।
विगतमा यस्ता विकृतिका कारण लोला लागेको कानको जाली फुट्ने, घाइते हुने भएको र लोला हान्दा ज्यानै जान सक्ने भएकाले यस्ता कार्यमा संलग्न हुनेलाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाएर कारबाही गरिने महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयले पनि कहीँ कतै होली पर्वका नाममा यस्ता गलत कार्य भएमा तुरन्त प्रहरीलाई खबर गर्नसमेत अनुरोध गरेको छ ।
अमेरिकी सदनमा दंगा र बिद्रोहमा संलग्न भएका १५० जनालाई न्याय विभागद्वारा अभियोग
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४२ हजार संक्रमित,३९९० जनाको मृत्यु
युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित
न्युयोर्कको बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ्गले वाई वाई नेपाल स्टारका लामालाई एक लाख एक हजार सहयोग
बाइडेनले २० करोड कोरोना बिरुद्धको खोप खरिद गर्ने घोषणा
प्रतिक्रिया