बुधबार, मंसिर १७ २०७७
काठमाडौं २१:३१
वासिङटन डिसी 10:46

युरोकप फुटबलको छनोट खेलमा जर्मनी, पोर्चुगल र स्कटल्याण्ड विजयी

इनेप्लिज २०७१ चैत १७ गते १५:५९ मा प्रकाशित

SS3-335x232काठमाडौ, १६ चैत ।अर्को वर्ष फ्रान्समा हुने युरोकप फुटबल छनौट अन्तर्गत गएराती भएका खेलहरुमा जर्मनी, पोर्चुगल र स्कटल्याण्ड विजयी भएका छन् ।

समूह डीको खेलमा विश्व विजेता जर्मनीले जर्जीयालाई २-० ले हरायो । यही समुहको अर्को खेलमा स्कटल्याण्डले जिब्रल्टरलाई ६–१ को भारी गोल अन्तरले पराजित गर्‍यो । उता समुहको शिर्ष स्थानमा रहेको पोल्याण्डलाई भने आयरल्याण्डले १-१ गोलको बराबरीमा रोकेको छ ।

यसैगरी, समूह एफको खेलमा नर्दन आयरल्याण्डले फिन्डल्याण्डलाई २–१ ले पराजित गर्दा आइस्ल्याण्ड विरुद्ध रोमानियाले १–० को जित निकाल्यो ।

ग्रीस र हंगेरीले भने गोलरहित बराबरी खेले । समूह एफमा रोमानिया १३ अंकका साथ शीर्ष स्थानमा छ ।

यसैगरी, समूह आईको खेलमा अर्मेनिया विरुद्ध अल्बानियाले २–१ को नतिजा निकाल्दा पोर्चुगलले सर्बियालाई पनि २–१ गोलले नै पराजित ग¥यो । पोर्चुगल ९ अंकका साथ समूहको शीर्ष स्थानमा छ ।

प्रतिक्रिया