आइतबार, मंसिर २१ २०७७
काठमाडौं ०७:४७
वासिङटन डिसी 21:02

एकता, अहिंसा र नैतिकताबाट समाज रुपान्तरण गर्न सकिन्छ: उपप्रधानमन्त्री सिंह

इनेप्लिज २०७१ चैत १७ गते १२:१३ मा प्रकाशित

Prakashman-signवीरगन्ज, १७ चैत । उपप्रधानमन्त्री एवम् स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले मानवीय एकता, अहिंसा र नैतिकताको माध्यमबाट नै समाज वा राष्ट्रलाई अग्रगामी रुपान्तरण गर्न सकिने बताउनुभएको छ ।

जैन तेरापन्थ धर्म सङ्घका आचार्य महाश्रमणको अन्तर्राष्ट्रिय अहिंसा पदयात्राको प्रथम नेपाल प्रवेश कार्यक्रमलाई आज यहा“ सम्बोधन गर्दै उहा“ले भन्नुभयो, “समाजमा देखिएका विभिन्न विकृति, विसङ्गति र रुढीवादी परम्पराको अन्त्य तथा मानवीय चरित्र निर्माण गरी सभ्य र सुसंस्कृत समाजको निर्माणमा आचार्य महाश्रमणको अहिंसा यात्राले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’’

सो अवसरमा आचार्य महाश्रमणले प्रवचन दिँदै कुनै पनि राष्ट्र र समाजको उन्नति तथा प्रगतिका लागि शान्ति, सद्भाव, अहिंसा र नैतिकता अपरिहार्य भएको हु“दा यस मार्गमा लाग्न सबैमा आग्रह गर्नुभयो ।

यसअघि उपप्रधानमन्त्री सिंहले जैन तेरापन्थ धर्म सङ्घका आचार्य महाश्रमणको अन्तर्राष्ट्रिय अहिंसा पदयात्रालाई सीमावर्ती भारतीय सहर रक्सौलबाट स्वागत गरेर वीरगन्ज ल्याउनुभएको थियो ।

सद्भावनाको सम्प्रसार, नैतिकताको प्रचारप्रसार र नसामुक्ति अभियानको मूल उद्देश्य लिएर ९ नोभेम्बर २०१४ मा भारतको राजधानी नया“दिल्लीबाट सुरु भएको सो अहिंसा पदयात्रा हरियाना, उत्तर प्रदेश, मध्यप्रदेश र बिहारको विभिन्न सहर हु“दै आज वीरगन्ज प्रवेश गरेको हो ।

पदयात्रा वीरगन्जबाट हेटाँैडा, दामन, पालुङ हु“दै वैशाख ७ गते काठमाडौँ पुग्ने कार्यक्रम रहेको बताइएको छ ।

नेपाल, भारत र भुटान गरी तीन राष्ट्र र १२ प्रान्त गरी १० हजार किलोमिटरभन्दा बढीको पदयात्रा हुने जैन श्वेताम्बर तेरापन्थी सभा वीरगन्जका अध्यक्ष अशोक वैद्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया