संविधानसभा बैठक अवरोध गर्ने राप्रपा नेपालको चेतावनी
इनेप्लिज
२०७१ चैत १७ गते १२:१० मा प्रकाशित
विराटनगर, १७ चैत । राप्रपा (नेपाल)का अध्यक्ष कमल थापाले मुलुकको राजनीतिक गतिरोधको अन्त्यका लागि संविधानसभामा सम्मिलित दलहरूको सर्वदलीय बैठक बोलाउनुपर्ने माग गर्नुभएको छ ।
आज विराटनगरमा सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष थापाले सर्वदलीय बैठकबाट कार्यतालिका बनाउने र संविधानसभाको अन्तरवस्तुबारे निर्णय गर्न विधि र प्रक्रिया निर्धारण गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले यही चैत २३ गतेदेखि सुरु हुन लागेको संविधानसभाको बैठकमा धर्म निरपेक्षता, संवैधानिक राजसंस्था र सङ्घीयताको विषयमा प्रश्न उठाउन नदिए बैठक अवरुद्ध गर्ने चेतावनी दिनुभयो ।
अध्यक्ष थापाले प्रश्नावली प्रस्ताव समितिले असंवैधानिक र अप्रजातान्त्रिक तरिकाले प्रश्नसमेत उठाउन अवरोध गरेपछि यसअघिको संविधानसभाको बैठक बहिष्कार गरेकामा यसपटक भने अवरोध गर्ने स्पष्ट पार्नुभयो ।
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा
एनआरएनए एनसीसी अमेरिकाको ११ औं साधारणसभा सुरु, आज ज्ञान सम्मेलन
प्रतिक्रिया