बिहीबार, मंसिर १८ २०७७
काठमाडौं ००:३६
वासिङटन डिसी 13:51

काँग्रेसले मात्रै देशको निकास र विकास गर्न सक्छ: नेता खुमबहादुर खड्का

इनेप्लिज २०७१ चैत १७ गते १०:५२ मा प्रकाशित

khum-bdhrरत्ननगर (चितवन), १७ चैत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री खुमबहादुर खड्काले देश अहिले अझै सङ्कटमा फस्दै गएको बताउनुभएको छ ।

यो समयमा काँग्रेसले मात्रै सङ्कटको निकास दिने र देशको विकास गर्नसक्ने उहाँले दाबी गर्नुभयो ।

चितवनमा वीरेन्द्र बहुमुखी क्याम्पसको नेविसङ्घ एकाइले आयोजना गरेको विविध सिर्जनात्मक कार्यक्रमको आज उद्घाटन गर्नुहुँदै समस्याको निकासका लागि आफूहरु अगाडि बढेकोसमेत उहाँले बताउनुभयो ।

कार्यक्रममा छोटो समय बोल्नुभएका नेता खड्काले अहिलेसम्म नेवि सङ्घको अधिवेशन हुन नसकेको आठ वर्ष भएको तथा तरुण दल र महिला सङ्घको समेत अधिवेशन हुन नसकेकाले दुःख लागेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै अर्का केन्द्रीय सदस्य शङ्कर भण्डारीले देश भयावह सङ्कटमा फस्दै गएको भन्दै लोकतान्त्रिक व्यवस्था बचाउन आवश्यक परे आन्दोलनमा समेत जानुपर्ने अवस्था आउन सक्ने बताउनुभयो ।

प्रतिक्रिया