पहिलो अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिप चैत १९ र २० मा
काठमाडौँ, १७ चैत । बाल वातावरण केन्द्र, नेपालको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिप यसै साता सञ्चालन हुने भएको छ ।
केन्द्रद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता यही चैत १९ र २० गते सञ्चालन गरिने आयोजक संस्थाका संयोजक धर्मकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगितामा नेपालसहित जापान र भुटानका गरी करिब २५० खेलाडीले विभिन्न आठ स्पर्धामा प्रतिस्पर्धा गर्ने संयोजक श्रेष्ठले बताउनुभयो । त्यस्तै, नेपालबाट झापा, इलाम, सुनसरी, मोरङ, बाँके, कैलाली, कञ्चनपुर, पर्सा नुवाकोट, काभ्रे, काठमाडौँ, ललितपुर, रसुवा र सप्तरीका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा पुरुषतर्फ ३० केजी, ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी र ६० केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ भने महिलातर्फ ३२ केजी, ३६ केजी, ४० केजी, ४४ केजी, ४८ केजी, ५२ केजी र ५७ केजी तौलसमूहमा प्रतिस्पर्धा हुनेछ ।
करिब रु आठ लाख ५० हजार खर्च लाग्ने उक्त प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीलाई शिल्ड तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएका छन् । प्रतियोगिताका खेलहरु काठमाडौँको नयाँपाटीस्थित आयोजककै खेल मैदानमा हुनेछन् ।
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा
एनआरएनए एनसीसी अमेरिकाको ११ औं साधारणसभा सुरु, आज ज्ञान सम्मेलन
प्रतिक्रिया