मिल्वाकी,मार्च २८, अमेरिकाको विस्कान्सिन राज्यको मिल्वाकी सिटीमा नेपाली मिल्वाकी परिवारले नयाँ वर्ष २०७२ को उपलक्ष्यमा आयोजना गरेको “मिल्वाकी नेपाली साँझ २०७२” कार्यक्रम भब्यताका साथ सम्पन्न भयो । उक्त कार्यक्रम नेपाली मिल्वाकी परिवारका अध्यक्ष श्री तिलक केसीको सभापतित्वमा सम्पन्न भएको थियो ।
उक्त कार्यक्रमको प्रमुख अथितिमा बरिष्ठ लोक गायक श्री प्रेमराजा महत र अथितिमा लोक गायिका श्री संगिता थापामगर रहेका थिए । ३ सयको हाराहारीमा उपस्थिति रहेको सो कार्यक्रममा कार्यक्रमको प्रमुख आकर्षण रहेका महतले बाँझो खेतमा, पानको पात जस्ता कालजयी लोक गीतहरु गाएर दर्शक दिर्घालाई मन्त्र मुग्ध पारेका थिए भने चर्चित लोकगायीका थापामगरले दोहोरी ,कौडा गीत गाएर दर्शकको मन जितेकी थिइन् ।
स्थानीय कलाकारहरुले कौडा,मारुनी नृत्य,आधुनिक गीत संगीत तथा लोक दोहोरीबाट नेपाली कला र संस्कृतिको परिचय गराएका थिए । सो कार्यक्रममा स्वागत मन्तब्य कार्यक्रम संयोजक श्री दीपक थापाले दिएका थिए भने सर्व साधारणको तर्फबाट श्री अर्जुन बहादुर अधिकारीले शुभकामना मन्तब्य दिएका थिए । कार्यक्रममा संस्थालाई उल्लेखनीय आर्थिक सहयोग प्रदान गर्ने विभिन्न नीजि/सार्वजनिक संस्था तथा ब्यक्तिहरुलाइ सम्मान तथा कदर प्रमाण पत्र प्रदान गरिएका थियो ।
उक्त औपचारिक कार्यक्रमको पहिलो भाग श्री दीपक राज पन्तले संचालन गरेका थिए भने दोस्रो मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रम श्री निर्मल गिरी (राजु) र श्री विजया गिरी ले सयुक्त रुपमा संचालन गरेका थिए ।
प्रतिक्रिया