सामान्य प्रशासन मन्त्रीद्वारा कर्मचारीलाई निर्देशन
काठमाडौँ, १६ चैत । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालयको सेवा प्रवाहका सम्बन्धमा आज एकान्तकुनास्थित कार्यालयमा पुगी निरीक्षण गर्नुभएको छ ।
सो अवसरमा मन्त्री पण्डितले कार्यालयस्तरबाट हुनसक्ने सुधारका काम कार्यालयले नै गरी मन्त्री र मन्त्रालयस्तरबाट सुधार गर्नुपर्ने कार्यका लागि लेखी पठाउन आग्रह गर्नुभएको थियो ।
“कार्यालयले प्रदान गर्नुपर्ने सेवा सुविधा सहजताका साथ प्रदान गर्नुस्, कर्मचारीका लागि तोकिएको पोसाक नियमलाई अनिवार्यता साथ लागू गर्नुस्, अनियमितता र भ्रष्टाचारका कामलाई रोक्नुस्”, कार्यालय प्रमुखलाई निर्देशन दिँदै मन्त्री पण्डितले भन्नुभयो ।
कार्यालय प्रमुख राजेश पौडेलले कार्यालयमा सेवाग्राही मैत्री भौतिक पूर्वाधार नहुनाले सेवा प्रवाहमा असर परेको गुनासो गर्नुभएको थियो । “कार्यालयले प्रदान गर्ने सेवा सुधारका लागि अहिले प्रयोग गरिरहेको सफ्टवेयर विस्थापन गरी अत्याधुनिक सफ्टवेयर जडान गरिनु आवश्यक भएको छ”, उहाँले भन्नुभयो ।
बैंकमा गएर सवारी कर तिर्दा कुन साधनको तिरियो भनी सफ्टवेयरमा नआउने भएकाले कार्यालयमा आएर फेरि अर्को भौचर काट्नुपर्ने बाध्यता रहेको उहाँले गुनासो गर्नुभयो ।
“कार्यालयमा अनियमितता रोक्न बिचौलियालाई हटाउन आवश्यक छ, यसका लागि माथिल्लो निकायबाट नै पहल गरिनु आवश्यक छ”, कार्यालय प्रमुख पौडेलले भन्नुभयो ।
निरीक्षणमा प्रशासन सुधार सुझाव समितिका अध्यक्ष काशीराज दाहाल र सामान्य प्रशासन मन्त्रालयका अधिकारीहरुको समेत सहभागिता रहेको थियो ।
मेरिल्याण्डमा गोली प्रहारबाट एक जनाको मृत्यु
न्यूयोर्कका गभर्नर कुमो बिरुद्ध लागेको यौन उत्पीडन समीक्षा गर्न स्वतन्त्र वकिल चयन गर्न आग्रह
राजधानी मन्दिरमा नेपाली पण्डित मोतिलाल शर्माबाट— स्वस्थानीको सॉगे (भिडियोसहित)
अमेरिकाको मिसिगनमा १४ बर्षिय किशोरीले हजुरआमाको हत्या गरेको अभियोगमा पक्राउ
एफडिएले अमेरिकामा जोन्सन एण्ड जोन्सन सहित कूल तीन खोप बनाउने प्रतिष्ठानलाई आपतकालीन प्रयोग गर्न खोपको स्वीकृत
प्रतिक्रिया