सामान बरामद

इनेप्लिज २०७१ चैत १६ गते १०:५० मा प्रकाशित

बनियानी (झापा), १६ चैत । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाले चोरीको एक थान मोटरसाइकलसहित रु दुई लाख ६४ हजार मूल्यबराबरको सामान बरामद गरेको छ ।

चोरीको मोटरसाइकलसहित बरामद गरिएका सामान आज मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइसकेको सीमा कार्यालय झापाले जनाएको छ ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयबाट खटिएको टोलीले भन्सार छल्ने उद्देश्यले भद्रपुरस्थित मेची नदीमा बालुवामा लुकाइछिपाई राखेको सुटिङ र सर्टको कपडा गरी रु एक लाख ८६ हजार, ज्यामिरगढीबाट सामानसहित मे१प ९७४२ नम्बर भएको चोरीको मोटरसाइकल रु ६० हजार, हार्डवेयर र किराना सामग्री रु सात हजार ४०० गरी उक्त मूल्यबराबरको सामान बरामद गरेको डिएसपी प्रेम प्रसार्इंले जानकारी दिनुभयो ।

प्रतिक्रिया