शनिबार, मंसिर २० २०७७
काठमाडौं ०१:४३
वासिङटन डिसी 14:58

अध्यक्षका प्रत्यासी डा. पौडेलको पक्षमा अमेरिकामा उर्लियो जनलहर अगाडि बढ्ने हौसलास्वरुप रिजउडमा लौरो उपहार

इनेप्लिज २०७१ चैत १६ गते ७:३९ मा प्रकाशित

keshab 2न्यूयोर्क । न्यूयोर्कको नेपाली गाउँका रुपमा चिनिने रिजउडमा एनआरएन

अमेरिकाका प्रत्यासी डा. केशव पौडेललाई अगाडि बढ्ने उत्साहस्वरुप

रिजउडवासीले लौरो उपहार दिएका छन् । नडगमगाई सामाजिक सेवाको पथमा

अगाडि बढ्न डा. पौडेललाई रिजउडवासीले लौरो उपहार दिएका हुन् ।

आसन्न एनआरएन अमेरिकाको निर्वाचनका प्रत्यासी डा. पौडेल रेशमा अगाडि

बढेको एक्लो घोडाझैं विनाप्रतिस्पर्धी अग्रपंक्तिमा छन् । आगामी

मध्य अप्रिलमा तय गरिएको निर्वाचनलाई मध्यनजर राख्दै गत २९ तारिख

आइतबार न्यूयोर्कको नेपाली गाउँमा डा. पौडेलको प्रमुख आतिथ्यमा

भेटघाट कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा न्यूयोर्कलगायत भर्जिनिया, कनेक्टिकट, न्यूजर्सी मात्र होइन

बोस्टनदेखि समेत सहभागीहरु उपस्थित थिए । ४ सयभन्दा बढी नेपालीकोdr poudel pic 2

सहभागिता रहेको कार्यक्रममा रिजउड नेप्लिज सोसाइटीका कार्यबाहक अध्यक्ष

सरोज श्रेष्ठले डा. पौडेल एनआरएन अमेरिकाको निर्विकल्प अध्यक्ष रहेको

जनाउँदै आफ्नो समर्थन भएको बताए । वर्तमान एनआरएन सहकोषाध्यक्ष

सञ्जीव श्रेष्ठले डा. पौडेलले निर्वाचनमा बाजी मार्ने कुनै शंकै नभएको

बताए । उनले डा. पौडेललाई आफ्नो पूर्ण समर्थन रहेको प्रष्ट पारे ।keshab 1

यसैगरी वर्तमान महासचिव तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार कृष्ण पोखरेलले पनि

डा. पौडेललाई खुलेर समर्थन गरे । त्यस्तै उपाध्यक्षका उम्मेदवारद्वय

बन्दना कोइराला र रविना थापा तथा सदस्यका उम्मेदवार मोहन ज्ञवाली, श्याम

भण्डारीले पनि अध्यक्षमा डा. केशव पौडेललाई समर्थन गरे ।

कार्यक्रममा ज्याक्सन हाइटदेखि पुगेका एक सहभागी भन्दै थिए– ‘यस

पटकको निर्विकल्प अध्यक्षको निर्विकल्प विजेता डा. पौडेल नै हुन् ।’ उनी

भन्दै थिए– ‘आज रिजउडमा जम्मा भएका ४ सयका फौज रमाइलो हेर्न

होइन, केशव पौडेलको पक्षमा उर्लेको जनलहर हो ।’

एनआरएन अमेरिकाको निर्वाचनको मिति तय हुनुभन्दा झण्डै ६

महिनाअगाडिदेखि अध्यक्षका उम्मेदवार डा. केशव पौडेलको पक्षमा उर्लिएको

जनमत अहिले अमेरिकाव्यापी भएको छ । चिकित्सक पौडेल न्यूमेक्सिकोस्थित एक

अस्पतालको डिपार्टमेन्ट चिफ हुन् भने नेविसंघका पूर्व केन्द्रीय सदस्य हुन्

dr poudel pic 2

प्रतिक्रिया