न्युयोर्ककी ‘हट बिट’
समाज सेवामा सक्रिय सुमिना घिमिरेले अमेरिकाको न्युर्योक शहरमा एउटा छुट्टै
पहिचान बनाउन सफल भएकी छिन् । झट्ट हेर्दा उनलाई कुनै फिल्मको
नायिका जस्तो पनि देखिन्छ । तर बास्तवमा उनी कुनै फिल्मको नायिका र
मोडलभन्दा भन्दा पनि न्युर्योकमा समाज सेवामा सक्रिय ‘हट विट’ नामक संस्थाको
अध्यक्ष हुन् । लामो समय देखि नेपालको समाज सेवामा योगदान पुर्याउदै आएको
हट विट नामक संस्थाको अध्यक्ष घिमिरे यस क्षेत्रमा कुनै मोडल भन्दा पनि कम छैनन्
। सन् २०१० मा हट विट नामक संस्था स्थापना गरी सडक बालवालिकाको हित र उत्थानमा
काम गर्दै आएकी घिमिरेले नेपालको ग्रामिण क्षेत्रका स्कुलका विद्यार्थीलाई शिक्षाको
लागि एक लाख कपि कलम संकलन गर्ने अभियान चलाउन लागेकी छिन् । उनले विभिन्न
क्षेत्रबाट कपि र कलम संकलन गरी नेपालका ग्रामिण भेगका बालवालिकालाई दिने
अभियान चलाउन लागेकी हुन् । नेपालको ग्रामिण भेगमा अझ पनि विद्यार्थी कपि र
कलम समेत किन्न नसक्ने अवस्थामा रहेको देखेर घिमिरेको सक्रियतामा यस्तो अभियान
चलाउन लागिएको छ । उनको सक्रियतामा हट बिटले यस अघि पनि थुप्रै कार्यक्रम
गरिसेकेको छ । हर्ट बिटसंग आबद्ध रही उनले ठमेलको सडक बालवालिकाको हित र
उत्थानको लागि पनि काम गरेकी छिन् । अमेरिकाजस्तो शहरमा दुःख गरी संकलन
गरेको रकम उनी समाज सेवामा लगाउन चाहिरहेकी छिन् । यो नेपालको अन्य युवाको
लागि पनि प्रेरणाको श्रोत हो । बास्तवमा सात समुन्द पारको देशमा रहेर पनि उनले समाज
सेवालाई उत्तिकै महत्व दिएकी छिन् । अमेरिकामा काम संगै समाज सेवा त्यति सजिलो
नभएपनि उनी समाज सेवालाई भने नछोड्ने बताउछिन् । उनले न्युयोर्कमा मम
पसल राखेर त्यसबाट संकलित भएको रकमको केही अशं सडल बालवालिकाका र नेपालको
ग्रामिण क्षेत्रको शिक्षाको लागि खर्च गर्ने बताइन् । हट बिट नामक संस्थामार्फत युवा
परिचालन गरी समाज सेवाम सक्रिय यस संस्थाका संस्थापक पेम्बा छेवाङ शेर्पा हुन् ।
संस्थालाई अगाडि बढाउन मिङ्मा शेर्पाको भूमिका पनि महत्वपूर्ण रहेको घिमिरे
बताउछिन् । संस्था कुनै एउटा ब्यक्तिबाट संचालन नभइ समुहबाट संचालन हुने
भएकोले यसलाई अगाडि बढाउन आफूलाई संस्थाको सबै साथिहरुले साथ र प्रेरणा
दिएको घिमिरेको भनाइ छ । हट बिटले यसअघि फोटो प्रदर्शनी पनि गरिसकेको छ ।
फोटो प्रदर्शनीबाट संकलित २२ सय डलर सडक बालवालिकाको लागि खर्च गरिएको
घिमिरे भन्छिन् । आर्ट फर चेन्ज नामक कार्यक्रमबाट संकलित ८ सय डलर र
फोटो प्रदर्शनीबाट संकलित ६ सय डलर पनि सडक बालवालिका र नेपालको शिक्षामा
प्रदा गरिएको घिमिरेको भनाई छ । अमेरिकामा विभिन्न कार्यक्रम गरी संकलित रकम
आफूहरुले समाज सेवामा लगाउदै आएको घिमिरे बताउछिन् । यसरी समाज सेवामा
सक्रिय घिमिरे अहिले अमेरिकाको न्युर्याकमा सबैको हट बिट बनेकी छिन् । हट
बिटको संस्थापक पेमा शेर्पाले विदेशमा रहेर पनि देशको लागि धेरै काम गर्न सकिन्छ
भन्ने उदाहरण हट बिटले प्रस्तुत गरेको बताए । उनले हर्ट बिटको अध्यक्ष घिमिरेको
सक्रियताले पनि यो काम सम्भव भएको जनाएका छन् ।
अब भने समाज सेवाको
हुन्छ ।
बास्तविक जीवनमा
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १ सय संक्रमित ,३२७ जनाको मृत्यु
अमेरिकाको हाइल्याण्ड पार्क शहरमा गोली हान्ने संदिग्धलाई प्रथम श्रेणीको हत्याको ७ गणनाको आरोप
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
प्रतिक्रिया