संविधानसभाको बैठकमा सहभागी नहुने मोर्चाको निर्णय
काठमाडौँ, १५ चैत । एकीकृत नेकपा(माओवादी) नेतृत्वको तीस दलीय मोर्चाले संविधानसभाको बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।
एमाओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको ३० दलीय मोर्चाको बैठकले सत्तारुढ दलले वार्ताको कुरा गरे पनि नियत सफा नभएको भन्दै आन्दोलनको कार्यक्रम जारी राख्ने र संविधानसभाको बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सत्तारुढ दलले वार्ताको कुरा गरे पनि सहमतिको कुनै तत्परता नदेखाएकाले बैठकमा सहभागी नहुने निर्णय गरिएको हो बताउनुभयो ।
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले यही चैत २३ गते दिउँसो १ बजेका लागि संविधानसभाको बैठक बोलाउनुभएको छ ।
मोर्चाले विगतमा घोषित आन्दोलनका कार्यक्रम जारी राख्ने र सकारात्मक वार्ताका लागि सत्तारुढ दल तयार भए सम्वादका लागिसमेत तयार रहेको निष्कर्ष निकालेको छ ।
बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रमुख दलका बीचमा पछिल्लो दिनमा भएका वार्ता र सम्वादको बारेमा जानकारी गराउनुभएको थियो ।
अध्यक्ष दाहालले सत्तारुढ दलले मुखले वार्ताको कुरा गरे पनि व्यवहारमा त्यस्तो नदेखिएको भन्दै आन्दोलनको विकल्प नभएको बताउनुभएको सहअध्यक्ष कर्णले जानकारी दिनुभयो ।
बैठकले आज मुलुकभर मोर्चाले शान्तिपूर्ण जनप्रदर्शन गरेको भए पनि सरकारले दमन गरेको निष्कर्ष निकालेको उहाँको भनाइ छ ।
बाइडेनलद्वारा व्हाइटहाउसमा फिनल्याण्ड र स्वीडेनले नेटोमा दिएको आवेदनलाई समर्थन
शिकागोमा प्रकाश सपूतको संगीतिक साँझ भब्यताका साथ सम्पन्न
मर्सिडिजले हालसालै विश्वको सबैभन्दा महँगो कार १४२ मिलियन डलरमा बेच्यो
न्यूयोर्कको बफेलो शहरमा सामूहिक गोलीबारीपछि घरेलु आतंकवाद रोक्न सदनद्वारा विधेयक पारित
शिकागोमा विद्यार्थीले ल्याएको झोलामा भरुवा बन्दुक आकस्मिक चल्दा एक बिधार्थीको पेटमा गोली लागे पछि आमा बिरुद्ध अभियोग
प्रतिक्रिया