पूर्व प्रधानमन्त्री थापा दिल्ली प्रस्थान
इनेप्लिज
२०७१ चैत १५ गते १४:१२ मा प्रकाशित
काठमाडौँ, १५ चैत । पूर्व प्रधानमन्त्री सूर्र्यबहादुर थापा स्वास्थ्योपचारका लागि आज भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ ।
आज अपराह्न ४.४५ बजे जेट एयरको विमानबाट पूर्व प्रधानमन्त्री थापा त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
थापाको स्वास्थोपचार गुणगाँउस्थित मेदान्त अस्पतालमा हुने राप्रपाका सहायक प्रवक्ता किरण गिरीले जानकारी दिनुभयो ।
पूर्व प्रधानमन्त्री थापाका साथमा वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापा, चिकित्सक डा दीपशिखा राणा र थापाका स्वकीय सचिव राजकुमार पाण्डे पनि दिल्ली प्रस्थान गर्नुभएको छ ।
भारतमा रहँदा थापाको राजनीतिक भेटघाट हुने वा नहुने भन्ने बारेमा भने केही बताइएको छैन ।
बाइडेनले टेक्ससको गभर्नरले मुखावरण हटाउने निर्णयलाई ‘पुरातनपंथी सोच’ किन भने ?
न्याकले आइतबार महिला दिवस मनाउने
नेपाली कांग्रेसका ऐतिहासिक योद्धा संग अन्तरक्रिया कार्यालयमा
अमेरिकामा १ करोड २० लाख कोरोनाबाट मुक्त, ७ करोड ८६ लाखले खोप लगाए
एनसीसिओको साधारण सभा भव्यताका साथ सम्पन्न, निजानन्द मल्ल दोश्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित
प्रतिक्रिया