शनिबार, मंसिर २० २०७७
काठमाडौं २१:०३
वासिङटन डिसी 10:18

चैत २३ गते संविधानसभा बैठक

इनेप्लिज २०७१ चैत १५ गते १४:०८ मा प्रकाशित

suvash nembangकाठमाडौं, १५ चैत । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संविधानसभाको बैठक यही चैत २३ गते सोमबार दिउँसो १ बजेका लागि तोक्नुभएको छ ।

संविधानसभा सचिवालयले आज साँझ एक सूचना जारी गरी गत माघ २९ गते बसेको बैठकबाट अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको संविधानसभाको बैठक यही चैत २३ गते बस्ने गरी अध्यक्षले तोक्नुभएको जनाएको छ ।

बैठक सो दिन दिउँसो १ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा बस्ने भएकाले उक्त मिति, समय र स्थानमा संविधानसभाका सदस्यहरुलाई उपस्थिति हुनसमेत सूचित गरिएको छ ।

प्रतिक्रिया