आइतबार, मंसिर १४ २०७७
काठमाडौं १८:५६
वासिङटन डिसी 08:11

‘सत्ता र शक्तिका चलखेलका कारण सहमति बन्न नसकेको’

इनेप्लिज २०७१ चैत १५ गते १४:०३ मा प्रकाशित

Bikram-Pandeभक्तपुर, १५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री विक्रम पाण्डेले सत्ता र शक्तिका चलखेलका कारण संविधान निर्माणमा सहमति बन्न नसकेको बताउनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी मध्यपुर थिमि नगर कार्यसमितिले विस्केट जात्राको उपलक्ष्यमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले ठूला तीन दल संविधान निर्माणभन्दा सत्ता र शक्तिका कारण चलखेल गर्दा समस्या आएको बताउनुभयो ।

सत्ता र शक्तिमा को–को पुग्ने भन्ने कुरामा सहमति हुन नसक्दा सविधान निर्माण ओझेलमा परेको बताउँदै उहाँले सत्ता र शक्तिमा को पुग्ने भन्ने चलखेल नभएको भए पहिला नै सहमति हुने बताउनुभयो ।

महामन्त्री पाण्डेले राष्ट्रवादी शक्तिको उदयपछि मात्र संविधान बन्ने दाबी गर्दै उहाँले दुई राप्रपाको पार्टी एकीकरण प्रक्रिया अगाडि बढेपछि कार्यकर्ताको मनोवल उच्च हुँदै आएको बताउनुभएको छ ।

कार्यक्रममा राप्रपा अध्यक्ष सुरेन्द्रप्रताप शाहले राप्रपा एकीकरण पछि देशको ठूलो शक्तिको रुपमा उदय हुने बताउनुभयो । राप्रपाका भक्तपुर जिल्ला सचिव नरगोविन्द शङ्खदेवले मध्यपुरलाई खानेपानी समस्यामुक्त नगरको घोषणा गर्न माग गर्नुभयो ।

प्रतिक्रिया