शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं २३:३२
वासिङटन डिसी 12:47

अष्ट्रेलिया विश्व क्रिकेट च्याम्पियन

इनेप्लिज २०७१ चैत १५ गते १२:१३ मा प्रकाशित

australia-generic-3232काठमाडौ, १५ चैत । न्यूजिल्याण्डलाई सात विकेटको भारी अन्तरले पराजित गर्दैै अष्टे«लीया विश्व क्रिकेटको नयाँ च्याम्पियन बनेको छ । यो सहित विश्वकप क्रिकेटको उपाधी जितेको अष्ट्रेलीयाले पाँचौ पटक हो ।
पहिलो ब्याटिङ्ग गरेको न्यूजिल्याण्डले ४५ ओवरमा सबै विकेट गुमाएर अष्ट्रेलियालाई जितको लागि १८४ रनको लक्ष्य दिएको थियो । पहिलोपल्ट फाइनल पुगेको न्युजिल्यान्डले पहिलो ओभरमै कप्तान ब्रेन्डन म्याकलमलाई गुमाएको थियो । उनलाई शून्यमै मिचेल स्टार्कले बोल्ड गरे । ३३ रन छँदा मार्टिन गुप्टिल (१५) लाई ग्लेन म्याक्सवेलले आफ्नो पहिलो बलमै बोल्ड गरे । भरपर्दा ब्याटसम्यान मानिएका केन विलियम्सन पनि जम्न सकेनन् । उनलाई १२ रन बनाएको अवस्थामा मिचेल जोन्सनले कट एन्ड बोल्ड गरे । त्यसबेला न्युजिल्यान्ड ३९–३ को स्थितिमा थियो ।
ग्राण्ट इलियट र रोस टेलरले १११ रनको साझेदारी गर्दै न्यूजिल्याण्डको पारी केही सम्होलेका थिए । टेलर चौथो विकेटका रुपमा व्यक्तिगत ४० रन बनाउँदै आउट भए ।
चौथो विकेट गुमाउँदा न्युजिल्याण्डको स्कोर १५० रन थियो । त्यसपछि विकेट झर्ने क्रम तीव्र भयो । कोरी एण्डरसन शून्यमै बोल्ड भए भने र लुक रोन्चीले पनि खाता खोल्न पाएनन् । ड्यानअल भिट्टारीले ९ रन जोडे ।
न्यूजिल्याण्डको स्कोर १७१ हुँदा आठौं विकेटका रुपमा इलियट ८३ रनमा आउट भए । माट हेनरी शून्य र टीम साउदी ११ रनमा नै पभेलियन फर्किए ।
अष्ट्रेलियाका फल्कनर र मिचेल जोनसनले ३र३ विकेट लिए भने मिचेल स्टार्कले २ र म्याक्सवेलले एक विकेट लिए ।
प्रतिउत्तरमा ब्याटिङ्गमा आएको अष्ट्रेलियाले मात्र ३३ दशमलब १ ओभरमा ३ विकेटको क्षतीमा लक्ष्य भेदन गरेको थियो ।
कप्तान माइकल क्लार्क र स्टिभ स्मिथको शतकीय साझेदारीको मदतमा न्यूजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै अष्ट्रेलिया च्याम्पियन बनेको हो ।
अष्ट्रेलियाको पहिलो विकेट भने सस्तैमा गुमेको थियो । मात्र २ रन जोड्दा एरोन फिन्च शुन्यमा नै आउट भए ।
दोस्रो विकेटका लागि डेभिड वार्नर र स्टिभ स्मिथले ६१ रनको साझेदारी गरे । दोस्रो विकेटका रुपमा आउट भएका वार्नरले ४६ बलमा ४५ रन बनाए ।
माइकल क्लार्कले तेस्रो विकेटका लागि स्मिथसँग ११२ रनको साझेदारी गरे । क्लार्क ७४ रनमा आउट भए । स्मिथ ५६ र बाट्सन २ रनमा अविजित रहे ।

प्रतिक्रिया