प्रधानमन्त्री र गच्छदार भेटः “मिलेर जानाको विकल्प छैन”
काठमाडौँ, १५ चैत । प्रधानमन्त्री सुशील कोइराला र मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले शनिबार साँझ भेट गरी संविधान निर्माणमा दलहरू मिलेर जानाको विकल्प नभएकामा जोड दिनुभएको छ ।
भेटमा प्रधानमन्त्री कोइरालाले नेपाली जनताले लोकतान्त्रिक शासन पद्धतिका लागि गरेको साढे सात दशकभन्दा लामो सङ्घर्षबाट प्राप्त सङ्घीयता, गणतन्त्र र समावेशितासहितको लोकतन्त्रलाई संस्थागत गर्ने अवसर गुमाउन नहुने विचार व्यक्त गर्नुभएको थियो ।
उहाँले नेपाली दोस्रो संविधानसभाको चुनावमार्फत लोकतान्त्रिक संविधान निर्माणका लागि दिइएको जनादेशलाई बिर्सेर आन्दोलन र सङ्घर्षमा गए आजसम्मका उपलब्धि गुम्ने जोखिम पनि औँल्याउनुभयो ।
प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले आज जारी गर्नुभएको विज्ञप्तिका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा प्रधानमन्त्रीले शान्ति प्रक्रियामा जटिल मानिएका हतियार व्यवस्थापन र लडाकु समायोजनजस्ता विषयलाई टुङ्गोमा पु¥याउन राजनीतिक दलले प्रदर्शन गरिसकेको क्रियाशीलता, परिपक्वता, निर्णय क्षमता र कार्यकुशलतालाई संविधान निर्माणमा पनि लगाउनुपर्ने बताउनुभएको थियोे ।
उहाँले दलबीचको आपसी संवाद, सहकार्य, एकता, मेलमिलाप र त्यसबाट कायम हुने सहमतिले नै संविधान निर्माणसहित मुलुकका सामु रहेका समस्याको समाधान गरी मुलुकलाई शान्ति, स्थायित्व र विकासका मार्गबाट जनतालाई सुख, समृद्धितर्फ लैजान सकिने विश्वास व्यक्त गर्नुभएको थियो ।
फोरम (लोकतान्त्रिक)का अध्यक्ष गच्छदारले पनि दलहरु मिलेर जानाको विकल्प नरहेको बताउनुभएको थियो । सभाध्यक्ष सुवास नेम्वाङले सहमति वा प्रक्रियामा अघि बढ्ने विषयमा प्रमुख दलका नेतालाई सहमतिमा पुग्न आजसम्मको समयसीमा दिएपछि सत्तारुढ र विपक्षी मोर्चाबीच बाक्लो भेटवार्ता हुन थालेको हो ।
क्यालिफोर्निया गाडीहरु एक आपसमा ठोकिदा १५ जनाको मृत्यु
न्यूयोर्कका गभर्नर कुमो बिरुद्ध यौन उत्पीडनमा परेको भन्दै तेश्रो महिलाको आरोप
न्यूयोर्कको अदालतका एक प्रहरीद्वारा शौचालयमा आफै गोली हानी आत्महत्या
अमेरिकाको टेनेसीमा नदीमा आएको बाढीले गाडी भित्र फसेका ५ जनाको सकुसल उद्धार
अमेरिकामा १ करोड १ लाख ७५ हजार मानिस कोरोनाबाट मुक्त ,७ करोड ५२ लाखले खोप लगाए
प्रतिक्रिया