एमाले नेता ढकाललाई स्वाइन फ्लु
इनेप्लिज
२०७१ चैत १५ गते ३:५३ मा प्रकाशित
काठमाडौँ, १५ चैत । स्वाइन फ्लुबाट अस्वस्थ्य हुनुभएका नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा लुम्बिनी अञ्चल इन्चार्ज रामनाथ ढकाललाई आज उपचारका लागि आज भारतको नयाँ दिल्ली लैजाने तयारी भएको छ ।
हाल धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना हुनुभएका उहाँलाई निमोनिया र स्वाइन फ्लुको भएको पारिवारिक स्रोतले जनाएको छ । चिकित्सकको सुझावअनुसार नयाँ दिल्लीको मेदान्त अस्पतालका लागि थप उपचार गराउने तयारी भएको एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराईले जानकारी दिनुभयो । भारतबाट एअर एम्बुलेन्स आएपछि आज अपराह्न उहाँलाई त्यसतर्फ लगिनेछ । ढकाल व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिका पूर्वसभापति पनि हुनुहुन्छ ।
बाइडेनले टेक्ससको गभर्नरले मुखावरण हटाउने निर्णयलाई ‘पुरातनपंथी सोच’ किन भने ?
न्याकले आइतबार महिला दिवस मनाउने
नेपाली कांग्रेसका ऐतिहासिक योद्धा संग अन्तरक्रिया कार्यालयमा
अमेरिकामा १ करोड २० लाख कोरोनाबाट मुक्त, ७ करोड ८६ लाखले खोप लगाए
एनसीसिओको साधारण सभा भव्यताका साथ सम्पन्न, निजानन्द मल्ल दोश्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित
प्रतिक्रिया