होटल आगलागीमा दरी र किताब क्षति
इनेप्लिज
२०७१ चैत १५ गते ३:०७ मा प्रकाशित
काठमाडौँ, १५ चैत । नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा आज बिहान भएको आगलागी नियन्त्रणमा आएको छ ।
होटलको भुइँतलामा रहेको इलेक्ट्रिक स्विच बक्सबाट विद्युत् चुहेर लागेको आगो नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा तत्कालै नियन्त्रणमा आएको थियो । आगलागी बिहान ७ः१५ बजेदेखि सुरु भएकामा ८ बजेभित्र नियन्त्रणमा आइसकेको थियो ।
आगलागीबाट सो स्थानमा रहेको पुस्तकालयका केही किताब र सामान्य पुराना दरीमा मात्र क्षति पुगेको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि नेपाली सेनाको एक र काठमार्डाैँ महानगरपालिकाका दुई जुद्ध वारुणयन्त्र परिचालन गरिएको थियो ।
बाइडेनले टेक्ससको गभर्नरले मुखावरण हटाउने निर्णयलाई ‘पुरातनपंथी सोच’ किन भने ?
न्याकले आइतबार महिला दिवस मनाउने
नेपाली कांग्रेसका ऐतिहासिक योद्धा संग अन्तरक्रिया कार्यालयमा
अमेरिकामा १ करोड २० लाख कोरोनाबाट मुक्त, ७ करोड ८६ लाखले खोप लगाए
एनसीसिओको साधारण सभा भव्यताका साथ सम्पन्न, निजानन्द मल्ल दोश्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित
प्रतिक्रिया