‘नेपाली अमेरिकनको समृद्धि र सामाजिकीकरणका लागि एनआरएन आइसीसी सदस्यमा मेरो उम्मेदवारी’ संचारकर्मी पुरुषोत्तम ढकाल
इनेप्लिज
२०७१ चैत १४ गते २३:३७ मा प्रकाशित

संचारकर्मी पुरुषोत्तम ढकालले गैर आवशीय नेपाली संघ (एनआरएन) अमेरिकाको आसन्न निर्वाचनमा संघको अन्तराष्ट्रिय परिषदको सदश्य पदमा उम्मेदबारी दिएका छन् । नेपाली अमेरिकनको समृद्धि र सामाजिकीकरणका लागि एनआरएन आइसीसी सदस्यमा मेरो उम्मेदवारी भन्ने एजेन्डा सहित संचारकर्मी ढकालले आफ्नो उम्मेदबारी दिएका हुन् । आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै ढकालले नेपाली अमेरिकनको पहिचान, समृद्धि र सामाजिकीकरणका लागि एनआरएन अमेरिका र नेपाली अमेरिकनको स्रोत र शक्ति उपयोग गर्नु पर्नेमा समेत जोड दिएका छन् ।
उनकै चुनावी प्रतिबद्दता अनुसार,’अमेरिकी मुलधारको आर्थिक, सामाजिक, कानुनी, शैक्षिक र राजनीतिक सामाजिकीकरण मार्फत मात्र नीतिगत तहमा पहुँच विस्तार गर्न सकिने हुँदा सम्पूर्ण संघ संस्था र नेपाली अमेरिकनलाई यसै मुद्दामा केन्द्रित हुँदै काम गर्न समेत आग्रह गरेका छन् । दिनानु दिन बढिरहेको नेपाली मुलका अमेरिकनको संख्या र आउदो पुस्तालाई समेत जोड्ने गरी एनआरएन अमेरिकालाई क्रियाशील बनाउन आफ्नो उम्मेदवारी रहेको बताउदै उनको एजेन्डा नेपाली अमेरिकनको समृद्धि र सामाजिकीकरणका लागि एनआरएन आइसीसी सदस्यमा आफ्नो अमुल्य मत दिएर बिजयी गराउन उनले सम्पूर्ण नेपाली अमेरिकन समक्ष हार्दिक अनुरोध समेत गरेका छन् ।
एनआरएन आइसीसी नेपाली नागरिकता निरन्तरता कार्यदल र भाषा, साहित्य र संस्कृति सम्बन्धि कार्यदलका सदश्य समेत रहेका ढकाल नेपालमा रहंदा टेलिभिजन पत्रकरिता र अमेरिका आगमन पछि अनलाइन पत्रकारिता मार्फत क्रियाशील रहँदै नेपाली अमेरिकनको सामाजिकीकरण प्रक्रियामा क्रियाशील रहँदै आएका छन् ।
एनआरएन आइसीसी नेपाली नागरिकता निरन्तरता कार्यदल र भाषा, साहित्य र संस्कृति सम्बन्धि कार्यदल
एनआरएन आइसीसी सदस्यका उम्मेदबार संचारकर्मी पुरुषोत्तम ढकालको चुनाबी घोषणा:
दुई वर्षको कानुनी लडाई पछि ट्रम्पको गोप्य कर विवरण जिल्ला अधिवक्ताको हातमा
लेडी गागाको कुकुर घुमाउनेको छातीमा गोली प्रहार गर्दै फ्रेन्च बुलडग नामक दुई कुकुर चोरी
ओहायोको बरफिलो तालमा खस्दा किशोरी र उद्धार गर्ने प्रहरी समेतको मृत्यु
अमेरिकाको आर्कन्सको एक घरमा ३ जनाको हत्या ,अपहरित बच्चा सुरक्षित फेला
न्यूयोर्क शहरमा नयाँ प्रजातिको कोरोना भाइरस फेला
प्रतिक्रिया