एनआरएन बेलायतको विवादमा , युके भित्र रहेका विभिन्न जातिय सङ्ठ्न र सामाजिक संघ संस्थाहरुको चासो

इनेप्लिज २०७१ चैत १४ गते १७:४३ मा प्रकाशित

uk

चैत्र १६ लण्डन । केन्द्रको निर्देशन अनुसार बेलायत एनआरएनले आवहान गरेको विशेष साधारण सभा अल्डरसटस्थित कनट स्कुलमा आयोजना भएको थियो । उक्त बिशेष साधारण सभाबाट चक्रिय प्रणालीमा आफू अध्यक्ष बन्नु पर्ने महेन्द्र कँडेलको मागलाई उपस्थित साधारण सदस्य तथा नेपाली युवा समुह बेलायतले अस्वीकार गरेको थियो ।

उक्त प्रस्ताव अबैधानिक र ब्यक्तिगत महत्वकाक्षा भएको दावीसहित सभामा उपस्थित करिब ९५ प्रतिशतले बहिस्कार गरेपछि साधारण सभा अन्त्य भएको घोषणा गरियो । त्यसपछि सबै साधारण सदस्यहरु फर्किएको अवस्थामा सभास्थल नजिकैको एक नेपाली रेष्टुरेन्टमा गई सिमित व्यक्तिहरुको विधान विपरित नयाँ समिति घोषणा गरेको पछि सार्वजानिक भयो ।

आईसीसी केन्द्रको प्रतिनिधित्व गरेर आएका केन्द्रीय महासचिब कुमार पन्तको उपस्थितिमा भएको भनिएको यस्तो एकतर्फी र हेपाहा प्रवत्तिबाट समस्त युकेबासी नेपालीहरुले लज्जित महशुस गरेका छन् ।

विधानमै उल्लेख नभएका चक्रिय प्रणाली मार्फत निर्णय गर्दै आफूले आफैँलाई अध्यक्ष घोषीत गरेपछि , वैधानिकताको पक्षमा रहेका अधिकांश सदस्य र युवा समुह बेलायतले यो घोषणा विरुद्ध आवाज उठाउँदै आएको छ । तर अहिलेसम्म सम्बन्धित निकायहरुले सुनुवाई गरेको छैन । यसै विषयमा बेलायतमा रहेका संघसंस्थाहरुका प्रमुखहरुसग एनआरएन बेलायतमा भईरहेको गढबढि र आर्थिक अनियमिताको सन्दर्भमा गरिएको कुराकानी ।

आदिबासी जनजाती माहासघ बेलायतका अध्यक्ष श्रीप्रसाद लिम्बु

AadhiBasi JanJati President

एनआरएन युके सबैको साझा बन्न सकेको छैन, केहि सिमित व्यतिmहरुको मातहातमा चलिरहेको देखिन्छ , संस्थाभित्र पैसावलका हाबी भएको छ । युके भित्र जातिय र क्षेत्रीय जस्ता ठुला संक्षम संघ संस्थाहरु पनि धेरै छन । यस्ता संघ संस्थाहरुलाई समे्टन सकिरहेको छैनन् र यस्ता संघ संस्थाहरुले दिएका सान्दर्भिक सल्ला र सुझाबहरुलाई वास्ता गदैनन् , संस्था भित्र आर्थिक पारादर्शिता राखिन्दैँन, बहानाबाजमा जथाभाबी खर्च गर्छन । १५ सेप्टेम्बरमा २०१३ मा भएको एनआरएन युकेको पाचौं महाधिबेशन हुन अगाबै एनआरएनका जिम्मेवार ब्यक्तीहरुले दुई समुह हुनबाट रोक्नु पर्थियो रोक्न नसक्नु नेतृत्वहरुको कमजोरी देखिएको छ । २९ सेप्टेम्बर २०१४ का दिन नेपाली राजदुताबास लण्डनमा बेलायतका एनआरएनका संरक्षक सदस्य डा सुर्य सुवेदी ज्यू को उपस्थितीमा गोप्य छलफल हुदा तत्कालीन अध्यक्ष योगेन्द बहादर क्षेत्री जी ले छुट्टै समिती बनाएका महेन्द्र कडेल जी सग अबैधानिक हिशाबले चक्रिय प्रणालीमा सहमती गर्न हुन्न थियो । र रेष्टुरेन्टमा केन्द्रिय प्रतिनिधी सहित सिमित ब्यक्तीहरुको माझमा भएको अध्यक्षको हस्तान्तरण अबैधानिक र गैर जिम्मेवार हो ।

किराँताराई यायोख्खा बेलायतका अध्यक्ष पदम राई

padam_bahadur-rai-Kirat Rai Yayokkha

एनआरएन युके यो देसमा बसोबास गरिरहेको हामि नेपालीहरुको एउटा सर्बमान्या साझा सामाजिक सस्था हो भन्ने मेरो बुझाई छ । तर स्थापना कालदेखि नै यो संस्थाभित्र नेत्रित्व गर्नु भएकाहरुले संस्थालाई साझारुप दिन नसकेको देखिन्छ । केहि सिमित जाति र वर्गबाट संचालित भैरहेको छ । पूर्ण समाबेसी बनाउने बेबहारीक प्रयत्न गरेको पनि आज सम्म देखेको छैन, धेरै दुस्ख दाई कुरा छ । संस्था दिर्घकालिन रुपमा बिबादरहित ढङगबाट संचालन गर्न बिधान र नियमावली भित्र रहेर काम गर्नु पर्छ, अर्को कुरा यस्तो ठुलो संस्था भित्र आर्थिक बिषयमा अत्यन्तै पारदर्शिता राख्नु पर्ने हुन्छ । यो संस्था भित्र हिजोको कार्य समितिहरुबाट नै यस्ता कमजोरी हुदै आएकोले आज श्रिंखलाबद्व बिबाद चलि राखेको छ । संस्थाको अधिबेसनबाट बनेको अध्यक्ष योगेन भाईले नेपाली राजदुताबास लण्डनमा डा। सूर्य सुबेदी जी ले फाल्टै समिति बनाएका महेन्द्र भाईसंग अबैधानिक गोप्य सहमति गराउन खोज्दा गर्नु हुन्न थियो। यो एउटा ठुलो गल्ति भयो। जसले बिधान र नियामावली भन्दा सधै माथि उठेर काम गर्ने प्रबिर्ती भएकाहरुलाई थप मनोबल प्रदान भएको देखियो। यो संस्था नेपालमा लगानी गर्नको निम्ति मात्र हैन भन्ने नेतृत्व बुझ्न जरुरत छ , यहा को नेपालिहरु माझ थुप्रै समस्याहरु छन । जस्को निम्ति पनि सहयोग पुर्याउनु पर्छ। म भन्छु युबाहरु भनेको एउटा परिबर्तनको सम्बाहक हो, केहि ढिलो भएपनि सहि कार्यको थालनी गरेको छ, जस्को निम्ति पूर्ण समर्थन हाम्रो रहने छ। बिधानत नभएको निर्णयलाई प्रतिकार गर्नुको विकल्प छैन ।

याक्थुङ्ग चुम्लुङ्ग बेलायतका अध्यक्ष काजीमान याक्सो लिम्बु

kajiman_yakso-Yakthung Chumlung

एनआरएन यूके हाम्रो साझा संस्था हो । यो संस्थालाई युके भित्रको एउटा प्रमुख संस्थाको रुपमा हामी हेर्छा । तर दुखदायी कुरा स्थापनाकालबाट आजको दिनसम्म आईपुग्दा पनि यो संस्था पुर्ण समाबेशी बन्न सकेको छैन । केहि ठुला जातिय, क्षेत्रिय संस्थाहरुलाई समेटिएको देखिन्छ तर युकेको नेपाली समाज जातिय विविधताले भरिएको समाज छ । मदेशी , दलित, अल्पसख्खेक र युबाहरुको उपस्थिती गराईको देखिन्दैन । आदिबासी , जनजाति र मैलाहरुको पनि सिमित मात्रा समेटेको देखिन्छ । यो संस्था भित्र पैसावलहरु र बौद्विक हौ भन्नेहरुको मात्र हाबी छ । यस्ता ब्यक्तीहरु समाजका लागि भन्दा आफनो पहिचान र आर्जनका निम्ति तलिन देखिएको छ । जब सम्म यस्ता ब्यक्तीहरुको हातबाट यो संस्था मुक्त हुदैन र स्वच्छ छवि र सामाजिक सोच भएका ब्यक्तीको नेतृत्व आउदैन तब सम्म संस्था विवादरहित बन्न सक्दैन । यो संस्था हरेक जाति, लिङ्ग , बर्ग , क्षेत्र , धर्म , सबैको समाबेशी र साझा बन्नका निम्ति आवज उठाउ नै पर्ने अपरिहार्यता देखेको थिए । बर्तमान परिबेशमा युवाहरुको तर्फबाट विरोधको आवज उठेको छ यो सतप्रतिसत सहि हो । अबैधानिक ढङ्गबाट जो अध्यक्ष बनेको छ यो मान्य हुने छैन । विरोधको आवजको निम्ति पुर्ण सहयोग रहने छ ।

मगर संघ बेलायत अध्यक्ष दुत पुन

doot_pun-

विवाद हुनका मुख्य तिन कारण देखिएको छ । पहिलो, एनआरएन बेलायत बेपारीहरुको माताहातमा सिमित रहनु र समाजसेवी ढङ्गबाट नचल्नु, दोश्रो नेपालमा राजनीतिक नियुक्ती गरे जस्तो एनआरएन केन्दको दबाबमा अध्यक्ष जस्तो गरिमामय पदमा नियुक्ती दिनु र तेस्रो दुईचार जना महन्वकाक्षी र पैसावलहरुका कारण स्वच्छ छवि भएको ब्यक्तीहरुले नेतृत्व गर्न नपाउनु र फेरी उहा भन्नु हुन्छ एनआरएन संस्था आफैमा पवित्र र स्वच्छ छ । बेलायतका निम्ति यो एउटा अभिभावकिय संस्था पनि हो । तर यो संस्था विगत दिनबाटनै नेतृत्वहरु पहिचान र बेबसायलाई मात्र प्राथमिकरण गर्नु र बेलायतमा भएका ठुला सबै जातिय र क्षेत्रिय संघ संस्थाहरुलाई समेटेर समाबेसीताको हिशाबले नचलाउनु , यस्ता संघ सस्थाका प्रमुखहरु र बुद्विजिबीहरुले दिएको सल्लाह सुझाबलाई सस्थाले आत्मासाथ नगर्नु एनआरएन बेलायतको निम्ति दुभाग्य देखेको थिए । १ लाख ४० – ५० हजार नेपालीहरुको साझा र अभिभाविकिय संस्थाको नेतृत्व विधानमा नभएको चक्रिय प्रणलीमा विशेष साधारण सभाबाट अध्यक्ष बन्न खोज्नु र सभामा विरोध भएपछि रेष्टुरेन्टमा गएर पदको लेनदेन गर्नु भनेको बेलायतबासी सम्पुर्ण निस्ठाबान र ईमान्दार नेपालीहरुको निम्ति एउटा लज्जास्पद कुरा हो । यो केन्द्रको निणर्य पुर्ण अवैधानिक छ, यो निणर्य प्रति हाम्रो आपती हो । उठिरहेको विरोधलाई मेरो ब्यक्तीगत तर्फबाट र संस्थाको तर्फबाट पुर्ण समर्थन रहन्छ ।

तमुधी युके अध्यक्ष रामचन्द्र गुरुङ्ग

ramchandar_gurung

बेलायत एनआरएनको पाचौ अबिधेशनबाट आएको कार्यसमिति योगेन्द्र जी र उसको समिति नै हो योगेन जी दुई कार्यकाल सल्लाहकारको रुपमा मात्र संस्थामा काम गर्नु भयो, महेन्द्र जी दुई कार्यकाल उपाअध्क्ष भएर संस्थामा काम गर्नु भो । संस्थामा काम गरेको हिसाबले महेन्द्र जी पनि अध्यक्ष बन्न सक्र्नु हुन्थ्यो तर निर्वाचन समितिले सदस्यता दर्ताको निम्ति दिएको समय अवदीमा नबुझाएर गल्ति गर्नु भो । २१ सेप्टेम्बरमा डा। सुर्य सुबेदी ज्यूले नेपाली दुतावासमा योगेन जी र महेन्द्र जी लाई चक्रिय प्रणालीबाट एक एक बर्ष अध्यक्ष पद खाने भनि सहमती गराईएको अनुरुप योगेन्द्र जी ले राजिनामा दिए प्रश्चात रिक्तपदमा महेन्द्र जी नै अध्यक्ष बन्नु पर्ने हो तर यसरी बन्नु विधान सम्मत छैन यो गल्ति भएको छ ।

आश्फोड सगरमाथा नेपाली समाज श्री लिम्बु

Sagarmatha Ashford President shree Limbu

एनआरएन युके भित्र सबै भन्दा ठुलो समस्या राजनीतिक चलखेलको कारण गुट उपगुटको हाबी भएको छ । समाजसेबीको खोेल ओढेर केहि ब्यक्तीहरु समर्ग नेपाली समाजको निम्ति भन्दा आफनो स्वार्थ पुर्तिका निमित जोड दिएको देखिन्छ । यस्ता नेपालीहरुको प्रमुख संस्था भित्र यसरी गलत गतिविधि हुनु हामी बेलायतबासी नेपालीहरुको दुर्भाग्य हो । एक एक बर्ष विधानमा उल्लेख नभएको चक्रिय प्रणालीमा मनोखुशी अध्यक्ष बनाउनु केन्द्रको गलत निर्णय हो । यो हामीलाई मान्य हुदैन ।

मेडईस्टोन नेपाली समाज मेजर धन चन्द

युकेमा बस्ने हामी नेपालीहरुको एनआरएन युके प्रमुख संस्था हो । यस्तो ठुलो संस्था भित्र संस्थाको विधान लाई नै वास्ता नगरी सिर्जीत विवादलाई अबैधानिक हिशाबमा सहमती गराउने र गर्ने ठुलो दोशी हो भन्ने लाग्छ र एनआरएन केन्द्रले पनि अबैधानिक सहमतीलाई स्विकारर्नु गैर जिम्मेबार हो । यसरी अबैधानिक रुपमा बनेको अध्यक्ष नैतिकताको हैसियतले हामीलाई स्विकार्य हुने छैन ।

ईलाम सोसाईटीका अध्यक्ष राजेन्द्र राई

कुनैपनि सामाजिक संस्था विवाद रहित बन्नका निम्ति संस्थाका नेतृत्व र जिम्मेबार ब्यक्तीहरु निष्ठाबान र ईमान्दार हुन अपरिहार्यता रहन्छ र संस्था जब बिधान संमत चल्न सक्दैन र संस्थाभित्र आर्थिक पारादर्शिता गर्न सक्दैन भने संस्था विवादित निश्चित रुपमा बन्छ । एनआरएन बेलायतमा पनि यहि कुराबाट चुक्दा अहिले विवाीद बनेको छ । एनआरएन बेलायतको विधानमा नभएको चक्रिय प्रणालीबाट सुटुक्कै बनेको अध्यक्षको कुनै औचित्य रहदैन र मान्य पनि हुदैन । जुन बैधानिकताको पक्क्षधर नेपाली युवा समुह र बहुसख्यक नेपालीहरुले उठाएको आवजलाई हाम्रो पुर्ण समर्थन रहन्छ ।

एनआरएन बेलायतको सल्लाहकार समाजसेबी मास्टर राष्ट्र राई

Rasta-rai- NRN Sallakar

एनआरएन युके १ लाख ५० हजार नेपालीहरुको मुल संस्था हो । यसले बेलायतमा भएका हरएक संघ संस्था र सम्पुर्ण बेलायतबासी नेपालीहरुको निम्ति एउटा अभिभाबकीय भुमिका खेल्न सक्नु र्पिर्थयो । केहि महत्वकांक्षीहरुको कारण संस्थाको उदेश्य भन्दा धेरै फरक ढङ्गले यो संस्था संन्चालित भईरहेको अवश्था छ । विधानको कुनै हैक्का छैन , आर्थिक आयव्यायको कुनै हिशाब किताब छैन । एक कार्य समितीले अर्को कार्य समितीलाई अगाडीका कार्यकालहरुबाट आर्थिक आयव्याय बुझाईएको पनि देखिदैन । यस्तो गतिविधी संस्थाका निम्ति दुर्भाग्य निम्त्याउनु हो । बेलायत एनआरएनका निम्ति अबैधानिक अध्यक्ष बनेका कडेल जी ले ७ हजार सदस्यहरुको फारमको सदस्यता शुल्क ( १जनाको १० पाउण्डको दर ) ७० हजार पाउण्ड बुझाउनु पर्नेमा १० हजार पाउण्ड खर्च देखाउदै जम्मा २० हजार पाउण्ड बुझाएको देखिन्छ । यस्तै कारणहरुले गर्दा एनआरएन बेलायत भित्र आर्थिक डामाढोल भएकोले बर्तमान परिपेक्षमा एनआरएन युकेका सल्लाकार कमल गुरुङ्गको संयोजकतामा आर्थिक छानविन समिती गठन भएको छ ,जस्मा म पनि सदस्य छु र हामी पुर्व कार्यसमितीको पालादेखिकै आर्थिक छानविन गरिरहेका छौ । छानविन गदै गरेको समितीहरुबाट पुर्ण सत्य र तथ्य विवरण बुझाउन नसके कानुनी प्रकृयामा हामी जाने छौ । बेलायत एनआरएनले बोलाएको बिशेष साधारण सभामा केन्द्रको निर्देशन बमोजिम उपस्थित सदस्यहरुको भावनालाई कदर गरी निर्णय गर्न नखोजिएकोले नैतिकताको आधरमा ततकालीन अध्यक्ष योगेन्द्र क्षेत्री जी ले राजीनामा दिएको थियो । राजीनामा प्रश्चात रिक्त पदमा सभा मार्फत उपस्थित सतप्रतिसतको विरोधका कारण सभा स्थगीत गरेर रेष्टुरेन्टमा गई अध्यक्ष घोषणा गर्नु केन्द्र र केन्द्रिय प्रतिनिधिका ठुलो गल्ति भएको छ । यो पुर्ण अबैधानिक भएको छ । यस्को कुनै औचित्य रहदैन । यस्को विरोधमा युवा समुह युके र अधिकांश सदस्यहरुले उठाएको विरोधलाई म लगायत बहुमत हामी सल्लाहकारहरुको पुर्ण समर्थन रहेको जानकारी गर्दछु ।

एनआरएन बेलायतको निबर्तमान महासचिब योगकुमार फगामी

yog_kumar-fagami-NRN Mahasachib

बेलायत एनआरएनको विवाद यो कार्य समितीको कारणबाट मात्र सुरु भएको हैन । पुर्व कार्य समितीहरुको र्सिस नेतृत्वहरुको जुङ्गाको लडाईबाट विवादको बृक्षरोपण भएको थियो । आजको दिनमा संस्था विधान समत नचल्दा विवादले झन ठुलो रुप लिएको छ । केन्द्रको निर्देशन अनुरुप विशेष साधारण सभामा उपस्थित सबैको राय लिएर बहुमतको समर्थनलाई कदर गरेर मात्र नेतृत्व हस्तानतरण गर्ने भन्ने थियो तर उक्त सभामा बहुमत उपस्थित सदस्यहरुको अबैधानिक भनि चक्रो विरोध हुदाहुदै पनि रेष्टुरेन्टमा सिमित ब्यक्तीहरु गई पद हस्तान्तरण गर्नु ठुलो भुल गरे । यो पुर्ण अबैधानिक छ । रेष्टुरेन्टमा बनेको अध्यक्षको कुने अर्थ छैन । एनआरएन भित्र आर्थिक सहि बिवरण नहुनु पुर्व समितीबाट पुर्ण आर्थिक विवरण नपाएकोले हो । एनआरएन बेलायत बास्तवमा भन्ने हो भने यस देशमा बसोबास गर्ने सम्पुर्ण नेपालीहरुको एउटा सरकार जस्तो हो । तर यस्तो कानुनी देशमा बसेर एउटा सर्बमान्य साझा संस्था भित्र सभामा उपस्थित बहुसंख्यकले अबैधानिक कार्य गर्न हुन्न भन्दै चक्रो विरोध गर्दागदै पनि जर्बरजती विधानलाई कुल्चिएर अध्यक्ष घोषणा गर्न खोजेको हुनाले नैतिकताको आधारमा उक्त सभामै मेरो महासचिबको पद राजीनामा दिएको हु ।

संघिया मासिक प्रत्रिकाका प्रधान संम्पादक सुरेन्द्र ईग्नाम

surendra_ingnam1Sanghiya Masik

एनआरएन एउटा सिङ्गो नेपालीहरुको साझा संस्था हो । यस्तो संस्थाभित्र सिमित ब्यक्तीहरुले आफनो मनोपोलिमा स्वार्थगत निर्णय गर्न संस्थालाई विखण्डनतिर ढकेल्नु हो । जस्ले गर्दा संस्था चलाउनेहरु संस्था प्रति पुर्ण जिम्मेबार हुनु पर्छ । गैरजिम्मेबार हुनु हुदैन भन्ने मेरो मनसाय रहेको छ । बर्तमान परिपेक्षमा नेतृत्व नै गैरजिम्मेबार देखिएको छ । विधान मै नभएको चक्रिय प्रणालीको आधारमा संस्थाका अध्यक्ष बनाउनु , कुनैपनि संघ संस्था भित्र विधानलाई वेवस्था गरिन्छ र आर्थिक पारादर्शिता रहदैन भने ठुलो होश या त सानो संस्था होश विबाद रहित बन्न सक्दैन । एनआरएन युके को त्यही कमजोरीको कारण विबादको शिकार बनेको छ । विधान भन्दा बाहिर बाट गरिएको निर्णयले समाजलाई स्वास्थ्य राख्न सक्दैन ।

बुद्धीजिबि शंकरमणी नेपाल

संस्था विधान समत नचल्नु, एक पक्क्ष हिशावले आफनो मात्र सोच लागु गर्न खोज्नु, संस्था भित्र आर्थिक पारादर्शिता नहुन जस्ता कारण संस्थाहरुमा मुलत विवादको जन्म हुन्छ । एनआरएन बेलायत पनि ईनै कमजोरीका कारण विवादित देखिएको छ । यस्तो नहुनु थियो , भैसकेको छ । यो हुनु भनेका बेलायत बासी हामी सबैको दुर्भाग्य हो ।कुनै विकल्पको खोजी गरेर जति सक्दो चाडो यस विवादलाई अन्त्य गर्न राम्रो हुन्छ र यो हामी सबैको दायित्व हो भन्ने लाग्छ । हुन त संस्थाको विधान हामीले बनाएका हुन्छौं तर हामी आफैले बनाएको विधान नमान्नु लज्जास्पद कुरा पनि छ । संस्था विधान भन्दा बाहिर गएर कुनै पनि काम गर्छ भने स्वतह अबैधानिक हुन्छ । त्यसरी गरेको निर्णयलाई मान्यता दिन हुन्न ।

शशि थापा सुव्वा नेप्लीज ओमेन सोसाईटीका सचिब , नेपाल जनजाती महिला महासंघ केन्द्रिय कार्यकारी सदस्य तथा समाजसेवी

बेलायतमा रहेका महिलाहरुका हकहितका निम्ति एनआरएन बेलायतले आयोजना गरेको कार्यक्रममा समाजसेवी बवि लामाको महिला कोडिनेटेर हक र अधिकार करिब ५ बजे सभामा लुटिएको थियो । उक्त दिन महिलाहरुमा हुने अपराध, जनचेतना र महिलाहरुको स्वस्थ्यमा ध्यान दिनु पर्ने जस्ता विषयमा गम्भिर र सचेत हुनु पर्ने एक्कासी बवि लामाको संयोजक लुटदै एनआरएन सचिब हु भन्ने राज कुमार त्रिपाटीले नारी दिवश कार्यक्रम संन्चालन गर्नुको मुख्य कारण के होला रु बहुसंख्यकरुपमा बेलायतबासी नेपाली र नेपाली युवा समुहले प्रश्नचिन्न खडा गरेका छन ।

एनआरएन बेलायतले आयोजना गरेको नारी दिवशका बारेमा शसि सुव्वा बताउनु हुन्छ, एनआरएन बेलायत भित्र विधि र प्रकृया बुझनेहरुको अभाबको कारण जस्ले चरम बैज्जती वेर्होनु प¥यो । एउटा नारी दिवशमा नारीहरुलाई अपमान गदै बोल्न नदिएको र एनआरएन बेलायतका कार्यकर्ता हु भन्ने पुरुषहरुले मात्र आफनो मनपरीतन्त्र र पोल्टाको हावी मुहाली गरेको भिडियो सार्वजनिक भएको देख्दा ।

उक्त भिडियो हेरे पछि लाग्छ , एनआरएन बेलायत भित्र विधि र प्रकृया बुझने नेपालीहरुको अभाब बडिरहेको कारण एनआरएन बेलायत दिन प्रतिदिन पतनको संघारतिर लम्किरहेको आभस हामी बेलायतबासीहरुले गरिरहेका छौ । बर्तमान परिपेक्क्षमा एनआरएन बेलायतको पदाधिकारीहरु संसारको अगाडी लाजमानी रहेका छन ।

युवा समुह युकेका तर्फबाट रिचड गुरुङ्ग

बेलायतमा रहेको एनआरएन जस्तो बेलायतबासी नेपालीहरुको साझा र प्रमुख संस्था अबैधानिक ढङ्गबाट केन्द्र र संस्थाको केहि जिम्मेवार ब्यक्तीत्वहरुको आफनो मनोखुशीमा चल्न खोज्छ भने हामी युवा समुह युकेलाई मान्य हुने छैन । युकेभित्र अवस्थित रहेका संघ संस्थाहरुले हाम्रो बैधानिकताको मागलाई जायस भनि समर्थन गर्नु भएकोमा सम्पुर्ण संघ संस्थाहरु प्रति युवा समुह बेलायतको तर्फबाट हार्दिक आभार प्रकट गदै हाम्रो बैधानिकताको अभियान अथक र अटुटरुपमा जारीरहने छ भन्ने यहाहरु सम्पुर्णमा प्रतिबदता जाहेर गदै हाम्रो लडाईको अन्तिम घडि सम्म यहाहरुको साथको अपेक्षा गर्दछौ । संस्थाको अध्यक्ष जस्तो गरिमामय पद विधानमा उल्लेख नभएको चक्रिय प्रणालीबाट हात पार्न खोज्नु अत्यन्तै लजास्पद भएको र रेष्टुरेन्ट–रेष्टुरेन्टमा गएर खल्तीको पैसा कसैलाई सापटी दिए जस्तो पद हस्तान्तरण गरिन्छ भने समाज र सर्बसाधारण कसैलाई पनि मान्य हुने कुरा हैन । बेलायत युवा समुह र तमाम सदस्यहरुले निर्णयको विरुद्व आवज उठाउनु सान्दर्भिक भएको , अधिकाश संस्था प्रमुखहरुले बताएका छन । यो विरोध हुनु पर्ने थियो युवाहरुले उठाए हाम्रो पुर्ण समर्थन रहन्छ ।

प्रतिक्रिया