लुम्बिनीको विकासमा सरकार गम्भीर छ: मन्त्री निधि
बुटवल (खस्यौली), १४ चैत । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बिमलेन्द्र निधिले लुम्बिनीको बिकासमा सरकार गम्भीर रहेको बताउनुभएको छ ।
नेपाल इन्जिनियर्स एसोसिएसन लुम्बिनी क्षेत्रीय केन्द्र बुटवलको आयोजनामा आज भलवारीस्थित लुम्बिनी इन्जिनियरिङ कलेजमा भएको अन्तरक्रियामा मन्त्री निधिले लुम्बिनी अन्तर्राष्ट्रिय पर्यटनको गन्तव्य बन्दै गएकाले पर्यटकलाई लक्ष्यित गरेर नै भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सुरु गरिएको उल्लेख गर्नु भयो ।
शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल भएकै कारण विश्वका बुद्ध अनुयायीहरु लुम्बिनीमा आउन चाहने र पर्यटन मैत्री विकास गर्न सके मुलुकको आर्थिक विकास हुने भएकाले सरकारले लुम्बिनीको विकासलाई महत्वका साथ हेरेको उहाँले बताउनुभयो ।
लुम्बिनीमा विकासका मुद्धाहरु के के हुनसक्छन् भन्ने विषयमा आयोजना गरिएको अन्तरक्रियामा टाउन डेभलपमेन्ट फन्डका कार्यकारी निर्देशक इन्जिनियर सुशील ज्ञवालीले कार्यपत्र प्रस्तुत गर्दै लुम्बिनी गौतमबुद्धको जन्मस्थल मात्रै नभएर विश्व शान्तिको मुहान पनि भएकाले लुम्बिनीलाई बुद्धिस्ट टुरिजमका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।
शान्तिका अग्रदूत बुद्ध जन्मस्थल लुम्बिनी, कपिलवस्तुको तिलौराकोट, नवलपरासीको रामग्राम, निगलिहवा, गोटिहवा, देवदह गौतमबुद्धसँग सम्बन्धित क्षेत्र भएकाले ती क्षेत्रलाई बुद्ध सर्किटका रुपमा विकास गर्न सक्ने हो भने विश्वका बुद्ध अनुयायीलाई लुम्बिनीमा ल्याउन सकिने कुरा कार्यपत्रमा उल्लेख छ ।
कार्यक्रममा काँग्रेस रुपन्देहीका सभापति अव्दुल रज्जाक, सभासद् भरतकुमार शाह, एमालेका केन्द्रीय सदस्य लीला गिरी, एसोसिएसनका सचिव ध्रुव धितालले लुम्बिनीको विकासमा सरकार गम्भीर हुनुपर्ने धारणा राख्नु भएको थियो ।
‘ललिता निवास प्रकरणमा राष्ट्रपति विद्या भण्डारीमाथि पनि अभियोग’
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
जसलाई लाज लाग्नुपर्थ्यो, ऊ त वेसरम वन्यो
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
धेरैले मन पराएको गीत “पिपलु “
डेमोक्र्याटिक दलका सांसद र सिनेटरहरुले सर्वोच्च अदालतमा १३ जना न्यायाधिश हुने पर्ने बिधेयक प्रस्ताव गर्ने योजना
अमेरिकामा कोरोना संक्रमित ११ प्रतिसत र अस्पताल भर्नामा हुनेको संख्या ८ प्रतिसतको वृद्धि
भेटघाट, छलफल तथा अन्तरकृया कार्यक्रममा सहभागी भई दिनु हुन अनुरोध
मिनेसोटामा डन्ट राइटलाई गोली हान्ने महिला प्रहरीलाई दोश्रो दर्जाको मानवहत्याको अभियोग
प्रतिक्रिया