आइतबार, मंसिर १४ २०७७
काठमाडौं १२:४०
वासिङटन डिसी 01:55

सत्तापक्ष लचिलो भएनन्: अध्यक्ष ठाकुर

इनेप्लिज २०७१ चैत १४ गते १५:२५ मा प्रकाशित

OLYMPUS DIGITAL CAMERAविराटनगर, १४ चैत । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सबैको सहमतिमा संविधान निर्माण गर्नका लागि सत्ता पक्ष लचिलो हुनुपर्ने बताउनुभएको छ ।

आज विराटनगरमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले सरकारले लचिलो भएको भन्ने गर्ने तर वार्तामा पुरानै अडान दोहो¥याउने गरेको आरोप लगाउनुभयो ।

उहाँले यथास्थितिवादी र परिवर्तनकारीबीच सङ्घर्ष रहेको उल्लेख गर्दै आफूहरु परिवर्तनवादी भएकाले आन्दोलनलाई सफल बनाउन कार्यकर्ताहरुलाई आह्वान गर्नुभयो ।

प्रतिक्रिया