शुक्रबार, मंसिर १२ २०७७
काठमाडौं १०:५८
वासिङटन डिसी 00:13

चिनियाँ नेताले अध्यक्ष प्रचण्डलाई के भने ?

इनेप्लिज २०७१ चैत १४ गते १५:२० मा प्रकाशित

prachandaकाठमाडौँ, १४ चैत । नेपालको विशिष्टता, नेपाली जनताको चाहना र आवश्यकताअनुसार राज्यको पुनःसंरचना गर्न छिमेकी मित्रराष्ट्र चीनले एकीकृत नेकपा (माओवादी)लाई सुझाव दिएको छ ।

नेपालको निर्णय गर्न नेपाली जनता स्वयम् नै सक्षम रहेको भन्दै चीनले नेपालको सुझबुझपूर्ण निर्णयलाई आत्मसात् गर्ने र सहयोग गर्ने वचन दिएको छ ।

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई चिनियाँ नेताहरुले विगतदेखि नै नेपाली जनताको निर्णयलाई छिमेकी राष्ट्रको हैसियतले आफूहरुले समर्थन र सद्भावना व्यक्त गर्दै आएको र संविधानसभामार्फत निर्माण हुने लोकतान्त्रिक संविधानको पक्षमा रहेको बताएका थिए ।

पार्टी अन्तर्राष्ट्रिय विभागका सदस्य युवराज चौलागाईंका अनुसार चीन भ्रमणका क्रममा अध्यक्ष दाहालले चिनियाँ उपराष्ट्रपति ली चुआनचाओसँग भेटवार्ता गर्नुभएको थियो ।

यसैगरी अध्यक्ष दाहालले युनान प्रान्तका गर्भनर ली जिहेङ र अन्तर्राष्ट्रिय विभागका मन्त्रीसँग द्विपक्षीय हित र चासोका विषयमा कुराकानी भएको थियो । अध्यक्ष दाहाल शुक्रबार राति स्वदेश फर्कनुभएको थियो ।

प्रतिक्रिया