चट्याङ लागेर बालिकाको मृत्यु, चार घाइते

इनेप्लिज २०७१ चैत १४ गते १२:०० मा प्रकाशित

thunderstromeप्यूठान, १४ चैत । चट्याङ लागेर प्यूठान जिल्ला नारिकोट–८ मा एक बालिकाको ज्यान गएको छ ।

जिल्लाको नारिकोट–८ स्थित धनमुढा निवासी नौ वर्षीया बालिका राधिका सुनारको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चट्याङ लागेर स्थानीय चारजना घाइते छन् । घाइतेहरुको उपचार हुन सकेको छैन । घाइते हुनेमा २२ वर्षका सुकमारी सुनार र लक्ष्मी विक, १६ वर्षका केयरसिंह सुनार र १८ वर्षीया पुष्पा सुनार हुन् ।

घरमा महिला र केटाकेटीमात्र भएकाले उनीहरुको आर्थिक अभावका कारण उपचार गराउन नसकिएको स्थानीयले गुनासो गरेका छन् ।

चट्याङ लागेरै स्थानीय नरबहादुर कँवरको एउटा गाई मरेको छ भने लक्ष्मण सुनारको घर चर्केको छ । चट्याङले यो ठाउँमा यसअघि पनि क्षति पु¥याएको थियो ।

प्रतिक्रिया