मंगलबार, मंसिर ९ २०७७
काठमाडौं २०:४७
वासिङटन डिसी 10:02

महासभाका महासचिवद्वारा राजीनामा

इनेप्लिज २०७१ चैत १३ गते २२:२८ मा प्रकाशित

दीपक सुवेदी

ब्रह्माण्डीय सनातन धर्म महासभाका महासचिव दीपक सुवेदीले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले यही चैत्र १२ गते बिहीवार राजीनामा गरेको जानकारी मिडियालाई शुक्रवार चितवनमा गराएका छन् । धार्मिक तथा सामाजिक संघसंस्थामा महासचिवलगायतका पदीय जिम्मेवारी कुशलतापूर्वक बहन गर्दै आएका सुवेदीले धार्मिक क्षेत्रमा राम्रै कार्य गर्ने अपेक्षा गरिएको महासभाबाट राजीनामा दिनुको विशेष कारण हुनसक्ने अनुमान गरिएको छ ।

महासभाका अध्यक्ष भरतराज पौडेलले गत पौषमा बुट्वलमा भएको सन्तसम्मेलनको नाममा भारतबाट आर्थिक सहयोग ल्याएको र सोलाई धार्मिक प्रयोजनमा नभएर व्यक्तिगत रूपमा अपचलन गरेको हल्ला चलेपछि सम्बन्धित क्षेत्रबाट सोही संस्थाको महासचिव भएको नाताले सुवेदीले पनि केही असहज सामना गर्न परेको थियो । त्यसो त बुट्वलको सो सम्मेलन महासभाको आधिकारिक निर्णयविना नै

भरतले संस्थाका केही व्यक्तिमात्र र अरु केही संस्थालाई लिएर गरेका थिए । तथापि संस्थाको नाम प्रयोग भएको र कार्यक्रमको घडिमा सुवेदी आफूपनि सहभागी हुन गएको हुनाले महासचिव सुवेदीप्रति पनि सम्बन्धित क्षेत्रबाट विभिन्न खालका प्रतिक्रियात्मक व्यवहार हुने गरेको सुवेदीले बताए ।

राजीनामाको खास कारण बुट्वल सम्मेलनमात्रै नभएर अन्य पनि हुनसक्ने अनुमान गर्नसकिन्छ । मान्छेहरू भरत र सुवेदीबीच २०६९ मा महासभाले गरेको महायज्ञदेखि केही मतान्तर देखिएको बताउँछन् । महायज्ञ पछि भरतले समितिका धेरैसँग राजीनामा मागेका थिए जसमा महासचिव सुवेदीले पनि आफ्नो राजीनामा दिएका थिए । सोहीक्रममा अध्यक्ष पौडेल मोटरसाईकल दुर्घटनामा परेर दुबै हातमा

चोट लागेपछि पुनः सुवेदीकै पहलमा समिति पुनर्गठन हुँदा सुवेदी पुनः महासचिव बसेका थिए जसमा पौडेल असन्तुष्ट थिए ।‘महासभालाई वास्तवमै धार्मिक क्षेत्रको महासभा बनाउने लक्ष्य र उद्देश्य राखेर

गठन गरिएको थियो, सोही अनुसार काम पनि सम्पादन हुन थालेको थियो तर दुरुपयोग हुने खतराका लक्षणहरू देखिन थाले जसले गर्दा मैले राजीनामा दिन बाध्य हुनुपर्यो । धर्मको नाममा, अध्यात्मको नाममा कुनै पनि खालको नाजायज चलखेल गर्नुहुन्न भन्ने मेरो भनाई हो । धार्मिक संस्था कसैको मागी खाने भाँडो बन्नु हुन्न,संस्था संस्थागत तरिकाले चल्नुपर्छ । धर्म अन्यबाट भन्दापनि धर्मलाई बेची खाने केही धार्मिक दलालहरूबाटै ह्रास भएको हो । पहिला त्यसबाट धर्मलाई बचाउनु पर्ने कर्तव्य आएको छ’ सुवेदीले मिडियासँग भने ।

‘यसै त धर्मप्रति विभिन्न खालका अभियोग, शंकाका प्रहारहरू भइरहन्छन् झन धर्मको नाममा शंकास्पद गतिविधिले के हुन्छ ? जब धर्मजस्तो पवित्र विषयबाट समाजमा केही गरिन्छ भने त्यसबाट सबैलाई आत्मसन्तुष्टि होस, स्पष्ट र पारदर्शी कार्य होस । सबैलाई साथमा लिएर सहकार्य गर्न सकियोस भन्ने हो । म चाहन्छु मेरो यो राजीनामाले धर्मक्षेत्रभित्रको अनावश्यक भ्रामक तत्त्वको शल्यक्रिया हुन मद्दत गरोस र धर्म क्षेत्र वास्तवमै धर्मक्षेत्र बन्नसकोस’ सुवेदीले भने ।

व्यक्ति भन्दा पनि संस्था रहिरहन पर्ने र फेरि आफ्नो आवश्यकता देखिएमा संस्थापकको नाताले महासभाको लागि आफूले सकेको भूमिका निर्वाह गर्ने ।संस्थाको नामबाट गरिने कार्य सानो ठूलो जत्रो भएपनि विधि र प्रक्रिया अनुसार गर्न पर्ने धारणा सुवेदीले अफ्नो राजीनामा पत्रमा उल्लेख गरेका छन् । स्मरणीय छ गत साल पनि बुट्वलमै गरेको धर्म सभाको खर्च तथा आर्थिक सहयोगको विवरण भरतले

संस्थामा नबुझाउनुले अहिले चलेको हल्लालाई थप बल पुगेको अनुमान गरिएको सुवेदीले नवलपरासीका रामनगरबासीलाई सम्बोधन गर्दै स्थापना गर्न खोजिएको गुरुकुलाई सफल गराउन आव्हान गरेका छन् । उनको मुख्य संकेत महासभा व्यक्तिगत संस्था नभएर सबैको संस्था बन्नपर्ने तर्फ लक्षित छ । संस्थागत पद्धतिलाई जोड गर्नुपर्ने उनको विचार रहेको देखिन्छ ।

प्रतिक्रिया