शनिबार, मंसिर २० २०७७
काठमाडौं ०२:१९
वासिङटन डिसी 15:34

विहे नगरेरै नायिका अनुष्का शर्मा वेहुली बनेपछि

इनेप्लिज २०७१ चैत १३ गते २२:१३ मा प्रकाशित

 

ANUSHKA-sharma

मुम्बई । बलिउडकी चर्चित नायिका अनुष्का शर्मा वेहुली बनेकी छिन् । क्रिकेटर विराट कोहलीसँग प्रेम सम्बन्ध हुँदाहुँदै नायिका अनुष्काको  विहे नगरीकनै वेहुली बनेकी हुन् ।

उनी एक कोल्ड ड्रिंकको विज्ञापनमा बेहुली बनेकी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनले केही समय पहिले फिल्म निर्देशक विकास बहलको निर्देशनमा यो विज्ञापनमा शुटिङ गरेकी थिईन् ।

अनुष्काले भनेकी छिन्-‘मेरो विचारमा विज्ञापनमा मेरो लुक आकर्षक र रचनात्मक अवधारणा अनुसार अनुकूल छ । विज्ञापन राम्रो छ र अप्ठेरो पनि छ ।’

अनुष्काले आफूलाई वेहुली बन्न असाध्यै मन पर्ने बताईन् । तर उनी रियल लाईफमा कहिले वेहुली बन्ने हुन् थाहा छैन् । भारतका क्रिकेटर विराट कोहलीको प्रेममा मस्त अनुष्काको वेहुली हुने चाहना विराटले चाँडै पूरा गरुन ।

स्रोत:दैनीक नेपाल

प्रतिक्रिया