मंगलबार, मंसिर ९ २०७७
काठमाडौं २०:१९
वासिङटन डिसी 09:34

अमेरीकामा सुविधा खोज्दा नेपालीहरु कथित समाजसेवी, नेता, र आफनैबाट ठगिन्छन ।

इनेप्लिज २०७१ चैत १३ गते २२:०० मा प्रकाशित

images

अमेरीकामा अद्यागमन सुविधा खोज्नेक्रममा नेपालीहरु समाजसेवी, नेता र आफन्तबाटै ठगिने गरेको गुनासाहरु सुन्न पाईन्छ। आफन्तहरुको फेहरिस्तमा सगोत्री देखि लिएर जो कोही अरु पनि पर्न सक्सछन। तर नेता र समाजसेवीमा भने को पर्दछन को पर्दैनन छुटयाऊन सकिदैन। आयोजक र पत्र पत्रिकाले सहयोग गर्ने अनि आफनो समर्थन गर्ने व्यक्तिलाई समाजसेवी र नेताको विशेषण जोडिदिने गर्दछन जस्तोसुकै चरित्रको व्यक्ति भएपनि। अमेरीकामा दिनको १२ घण्टा भन्दा बढी काम गरी जिविकोपार्जन गरेर बस्ने व्यक्तिहरु कस्तो किसिमका समाजसेवीमा पर्दछन परिभाषा गर्न सकिदैन। यस्ता व्यक्तिहरु नखोजेको बेला पनि सहयोगका लागि चोक, रेष्टुरा, ट्र्ेन, समारोह आदि जता ततै भेटिने हुदा सोमmा नेपालीहरु पहिलो जम्काभेटमै अमेरीकामा यीनीहरुको फेला पर्दछन। अब त हुदा हुदा न्युर्योकको ज्याक्सनहाईट अनि रिजउडतिर मान्छेलाई हिडदा राजबिराजमा जाने मान्छेलाई भने मmै बुढीऔला लुकाएर हिडनु है त्यहा जादा भन्नुपर्ने भयो भनि मानीसहरु गुनासो गर्दछन। अमेरीकाको अरु राज्यमा पनि यस्ता गुनासाहरु पोखिने गरेको सुनिन्छ। अर्कोतर्फ अमेरीकाको व्यस्थताको समयमा पनि बचेको समयमा निस्वार्थभावले समाजलाई सहयोग गर्ने व्यक्तिहरु भने समाजसेवी, नेता वा अगुवाको संज्ञा दिदा असजिलो अनुभव गर्दछन। काली प्रसाद रिजालले कवितामा भने मmै ैमैले के नराम्रो काम गरेर मलाई नेता भनेको ै।
ठगीने क्रममा यस्ता महानुभावबाट ठगिनेहरु प्राय विश्वासले गर्दा ठगिने गरेको भन्छन। यस्ता समाजसेवी, नेता, र आफनैले कहिले काहि अमेरीकी अद्यागमन कानुनले दिदै नदिएको सुविधा पनि दिलाई दिन्छौ भनेर पैसा लिने गर्दछन भने कहिले काहि अमेरीकी अद्यागमन कानुनले दिएको सुविधाहरु आफैले लेखापढी गरेर सजिलै मिलाई दिने, नेपालबाट मान्छे मmीकाईदिने जस्ता प्रलोभन दिने गर्दछन। अमेरीकामा भरखरै आएका नेपालीहरु पहिले सम्पर्कमा आऊने भनेका व्यक्तिहरु भनेका समाजसेवी, नेता, एजेण्ट, र आफन्तहरु नै पर्दछन। विशेष गरेर न्युर्योकको क्वीन्स जस्तो नेपालीको घनाबस्ती भएको शहरमा च्याऊमmै उम्रीएका कतिपय संस्थासंग परोक्ष वा अपरोक्ष रुपबाट संलग्न रहेका नेता अनि पैसाको चलखेल गरेर नाम कमाएका समाजसेवी छन। यस्ता व्यक्तिहरुलाई विशेष गरेर ज्याक्सन हाइंट, सनि साईड, र अन्य नेपालीहरु बाक्लो बसोबास रहेको क्वीन्स र ब्रोक्लीनका सार्वजनिक ठाऊमा भेटिन्छन भनिन्छ। अनि नया आऊने नेपालीले पनि नेपालीपन र आत्मीयता खोज्न त्यस्ता ठाऊहरुमा जादा अनधिकृत रुपबाट लेखापढीको काम गरिदिने समाजसेवी, विभिन्न पेशा चलाएर बसेका एजेण्टहरुलाई भेटने गर्दछन। यस्ता व्यक्तिहरुले नवागन्तुकलाई अमेरीकामा बस्ने र काम गर्ने कागज भए नभएको कुरा बुमmने र नभएको भन्ने कुरा जानकारी पाएपछि कागज बनाई दिने प्रलोभन दिई पैसा ठग्ने गरेका घनटाहरु सुनिन्छ पिडितहरुबाट। यस्ता समाजसेवी, नेता, आफन्तहरुले वकिलको सहायता लिनुहोस भन्ने सल्लाह प्राय दिदैनन। दिएभने पनि आफनो मिलोमतोमा रहेको वकिलकहा जाऊ भन्दछन आफनो अभिष्टका लागि।
यद्यपि कतिपय नेपालीहरु वकिलबाटै पनि ठगिएको भन्ने आरोप पनि नसुनिएको होईन। वकिलले ठगेको भएमा वलिकलाई कानुन बमोजिम कार्वाही गराऊन सकिने धेरै बाटाहरु हुन्छन भने लाईसेन्स विना कानुनी सुविधा दिने समाजसेवी, लेखनदासले पिडीतलाई ढाल बनाएर तरवार चलाऊने हुदा अपठयारोमा पारेर आफु फाईदा मात्रैमा सहभागी हुन्छन। जस्ले गर्दा त्यस्ता व्यक्तिहरु सजायको भागीदार नबन्ने र पिडित व्यक्तिले न्याय पाऊन सक्दैनन।
यसरी ठगिएका कुराहरु मैले पनि सुन्ने गरेको छु। हुनत ठगिने भनिएका व्यक्तिहरुले सधैभरी साच्चै कुरा भन्छन भन्ने ग्यारेण्टी हुन्छ भन्न सकिदैन। त्यस मध्ये सुनेका र जानकारीमा आएका केही घटनाहरु उल्लेख गर्नु सान्र्दभीक ठान्दछु।
१। एकजना व्यक्तिले फोनमा भन्नु भो। तपाई वकिल मात्र नभएर एउटा कवि हृदयको मानीस पनि भएको हुदा मेरो कुरा सुनिदिनु हुन्छ कि भनेर फोन गरेको। मैले वकिलकहा नगएर ठुलो गल्ती गरे आफनो अद्यागमनको कामका लागि। पाच मिनेट समय दिनु हुन्छ कि? मैले वहालाई हुन्छ। के कुरा हो भन्नुहोस न? भने। उहाले उताबाट भन्नु भो मलाई फलानो एजेन्सीवाला, ढिस्कानो नेता, र चिल्कानो समाजसेवीले बर्बाद पारे हजुर। म यीनीहरुलाई नेपालमा गए खुटृा भाचिदिन्छु। मलाई विर्गानेलाई म पनि छोडदिन। आदि..। अनि मैले उहालाई भने तपाई अमेरीकामा हुनुहुन्छ। तपाईले भनेका मान्छे यही छन अनि कसरी नेपालमा खुटृा भाच्नु हुन्छ त? तपाईको कुरा मैले अलि बुमmीन नि? कुरा प्रष्याऊदै उहाले भन्नु भो मेरो अद्यागमनको सुविधा पाऊने कार्वाही यीनीहरुले तथानाम लेखिदिई प्रमाण जुटाई दिएको कारणले विग्रीयो। अब म यहा नबसेर नेपालै फर्कन्छु र यीनीहरु उता गएभने खुटृा भाचिदिन्छु। आखिर यीन्ले मलाई विर्गानु हुन्छ भने मैले यीन्का खुटृा भाच्न किन नहुने? मैले जवाफमा भने यस्ता कानुन हातमा लिने काम गर्नु हुदैन। बरु यहा नै तपाईले न्याय खोज्नु पर्दछ। सम्वन्धित निकायमा उजुर गर्नु भो भने निजहरु उपर कार्वाही हुन सक्दछ। उन्ले भने होईन म नेपालै फर्कन्छु। फेरी मैले उहालाई भने बरु फलाना फलाना पत्रिकामा फोन गरेर आफनो कुरा भन्नुहोस। यदि तपाइको कुरा साचो रहेछ भने ऊहाहरुले आफनो पत्रिकामा छाप्नु हुन्छ भन्दै पत्रकार र पत्रिकाका जिम्वेवार व्यक्तिहरुको नाम र टेलीफोन नम्वर भन्न थाले्। यदि यस्तो कुरा बाहिर आयो भने धेरै मान्छेहरुले त त्यस्ता व्यक्तिहरुको बारेमा थाहा पाऊछन। र आईन्दा तपाईले जस्तै अरुले ठगिनु पर्दैन। मेरो जवाफ सुनेर ऊहा आवेशीत हुदै भन्न थाल्नु भो यी पत्रकारहरु पनि उस्तै हुन, हाम्रा कुरा छापेर यीन्लाई के फाईदा हुन्छर छाप्छन। आदि….। अनि मैले अधिकारकर्मी संस्थाको सम्पर्कमा जानुहोस न त भन्दै फोन राखिदिए।
२। त्यसै गरी अर्का एकजना मेरा पुराना क्लाईण्टले मलाई भेटेर गुनासो गरे। हजुर मेरै गाऊको चिनको मान्छेलाई ज्याक्सन हाईटस्मा एउटा मान्छेले कागज बनाई दिन्छु भनि १५०० डलर खाई दिएछ। अनि मैले सोधे कस्तो कागज बनाई दिन्छु भनेर त्यत्रो पैसा खाई दिएछ त? ख्वै तिमिलाई अमेरीकामा बस्न, काम गर्न र परिवार ल्याऊनका लागि कागज बनाई दिन्छु भनेछ अनि उस्ले पनि कागज बन्ने भए हुन्छ भनेर पैसा दिएछ भन्नु भो। मैले उहलाई सोधे अनि एक पटक वकिलसंग सल्लाह लिनु भन्नु भएन त? जवाफमा उहाले मलाई भन्नु भो मैले त भरखर भेटे। अनि सोध्दा पो भन्यो त?
३। अर्को घटनाका एउटा पात्रको वकिल म आफै रहेको थिए। निजले पनि समाजसेवी नेताबाटै आफनो शरणार्थीको निवेदनको सुरुवात गरेका थिए राम्रै रकम दिएर। एजाईलम अफिसबाट निजको निवेदन स्विकृत नभएपछि अद्यागमन अदालतमा मुद्दा गयो। निजलाई समाजसेवीले नेपाली भन्दा विदेशी वकिल राम्रो हुन्छ त्यहा जानुहोस भनेको रहेछ। तर निज संयोगले मकहा आईपुगे। मैले उन्का कथा र प्रमाणहरु हेरे। त्यस्तो सत्यता र घटनाको बारेमा विस्तृत रुपबाट सोधखोज गरे। अनि त्यस्लाई मैले आफनो बुमmाईको आधारमा पुर्नलेखन गरे र नेपालीमा पढेर सुनाउदा सत्य हो भनेको कुराहरु मात्र राखेर कथा तयार पारे। पेश गरिएका प्रमाणहरुको बारेमा सोधखोज गर्दा प्रमाणहरुको बारेमा आफुलाई जानकारी नभएको तर समाजसेवी।नेताले चाहिन्छ भनेको हुदा प्रमाणमा पेश गरिएका हुन भन्ने जवाफ पाएपछि मैले पक्षलाई भने यी प्रमाणहरुको विश्वसनियता मलाई नभएको हुदा फिर्ता लिन्छु भन्ने व्यहोरा लेखि न्यायाधिशलाई सत्य कुरा भनियो भने राम्रो हुन्छ किनकि तपाईका प्रमाणहरु वनावटी हुन भनि संका गर्ने प्रयाप्त आधार छन। पक्षले पनि मेरो सल्लाहमा सहमती जनाऊनु भयो र त्यसै गरियो। यदि त्यसो नभनिएको भए तीनै कथित प्रमाणले निजलाई वनावटी प्रमाण राखी निवेदन दिएको ठहराई भविष्यमा कुनै सुविधा नापाऊने गरी देश निष्कासनको आदेश हुने सम्भावना थियो। पक्षले आफुलाई भएको घटना विस्वसनीय रुपबाट वयानको क्रममा भन्नु भो। सरकारी वकिलले प्रमाणको बिषयमा बहसको दौरानमा उप्काएको भएतापनि न्यायाधिशले उल्टै सरकारी वकिललाई भन्नुभो यो प्रमाण अरुले दिएको र त्यस्को विश्वसनीयतामा आफुलाई संका लागेको भनि निवेदकले नै सुरुमै साचो बोलेर ती प्रमाण फिर्ता लिन्छु भनि अनुसन्धान गर्दा लाग्ने सरकारको समय र खर्च जोगाएको अवस्थामा निवेदकलाई मmुठृो ठहराऊन मिल्दैन। बरु घटनाको बारेमा विस्वसनिय रुपबाट आफनो कुरा भनेको हुदा म निवेदकको निवेदक स्विकृत गर्दछु भनि मुद्दा जिताईदिनु भो। सरकारले फैसलामा चित्त बुमmायो।
४। त्यस्तै अर्को मुद्दामा पनि मैले पक्षको माथि लेखिएमmै मुद्दालाई तयार पारे। र समाजसेवी नेताको सल्लाहले पेश गरिएका प्रमाणको विश्वसनीयताको बारेमा सोधे। पक्षले प्रमाणहरु साचा हुन भने। अनि मैले उन्कै विश्वासमा ती प्रमाणहरु पेश गरे। तर पक्षलाई सुनुवाईका दिन सरकारी वकिल र न्यायाधिशले प्रमाणको बारेमा सोध्दा पाएको जवाफमा चित्त नबुमmेपछि पक्षले आफै प्रमाण फिर्ता लिई मmुठृो वा साचो हो भन्ने जाच गर्दा लाग्ने सरकारको समय र पैसाको बचत गरेमा फ्रर्डको चार्ज लगाएर फैसला नगर्ने यदि साचो हो भनि अडिग भए पछि अनुसन्धानबाट प्रमाणहरु जालसाजी ठहरे हदैसम्मको सजाय हुने गरी फैसला हुने भन्दै पक्षलाई पाच मिनेटको समय दिइयो। मैले पक्षलाई बाहिर ल्याएर साचो जे हो त्यो भन्नुहोस? यदि प्रमाणको बारेमा तपाईलाई संका छ भने फिर्ता लिनु राम्रो हुन्छ भने। तपाईको वयान राम्रै छ। जित्ने भए वयानबाटै पनि जितिन्छ। यदि हारियो र न्यायाधिशले जालसाजी ठहरयाए भने पछिसम्म अपठयारो पर्छ भने। उन्ले प्रमाण फिर्ता लिन्छु भने। न्यायाधिशलाई पेश गरिएको प्रमाण फिर्ता लिन्छु भनेपछि उहाले पक्षलाई देश निष्कासनको फैसला गरे तर जालसाजी ठहर गरेनन। यो मुद्दाको विरुद्धमा हामीले बिआइएमा पुनरावेदन गरयौ र भन्यौ कि पक्षले प्रमाण फिर्ता लिए पनि उन्ले यातना पाएका बिष्यमा कुरा पुगेकै थियो। त्यसैले हामीले त सरकारको समय र पैसा खर्च नहोस भनेर प्रमाण फिर्ता लिएका हौ। किनकि शरणार्थीको निवेदन स्विकृत वा अस्विकृत हुने भन्ने कुरा पेश गरिएको प्रमाणमा होईन कि पिडीतले लेखेको घटना विवरण, त्यस्को विश्वसनियता, लेखिएको र बोलीएको कुरामा एकरुपता, बयान दिदाको अवस्थामा देखिएको अनुहारको भाव, अभिव्यक्तिको शैली, अनि यातना भएको छ कि छैन, यातना पाएको रहेछ भने त्यस्को कारण। र त्यो कारण जाती, धर्म, राष्ट्र्यिता, राजनैतीक विचाराधारा, एवं कुनै समुहको सदस्य भएको कारणले हो कि होईन? र पिडित आफनै देशको अर्को भुभागमा बसाई सर्दा सुरक्षित हुने अवस्था थियो कि थिएन? आदि कुराहरु हुन। नियमानुसार प्रमाणित भएर नआएका प्रमाण त व्यक्तीको वयानमा माथिका कुरा पुष्टि भएमात्र हेरिने र जाचिने हो? आदि..। पुनरावेदन अदालतले हामीले लिएको जिकिरको आधारमा न्यायाधिशको फैसला बदर गरी पुन फिर्ता पठायो निर्णयार्थ निज न्यायाधिशलाई। फैसलामा स्पष्ट भनिएको थियो कि पिडितले आफनो बयानबाटै आफना कुराहरु प्रमाणि गरिसकेको र सो बयानलाई अन्यथा हो भनि नभनिएको अवस्थामा प्रमाण फिर्ता लिईकोे आधारमा हराइएको मिलेन भन्ने जस्ता कुराहरु लेखिएका थिए। यो मुद्दा हामीले जित्न सफल भयौ। र सरकारले अपिल गरेन।
५। अर्का एजेण्टले शरणार्थीको निवेदन तयार पारी वकिलले लिने भन्दा पनि बढी दस्तुर लिएर अद्यागमन कार्यालय समक्ष पठाएछन। व्यक्ति अन्र्तवातामा जादा उन्लाई यस र नो कै सेरोफेरोमा अफिसरले प्रश्न सोधेछन। र जवाफमा उन्ले फाराममा भरे बमोजिमकै जवाफ दिएछन। उन्को निवेदन स्विकृत नगरी अदालतमा देश निष्कासनको आरोप लगाएर पठाईयो। मैले वहालाई फारामकै प्रश्न सोधे र त्यो प्रश्नको जवाफमा उहाले नो भन्नु भो। अनि मैले भने त्यसो भए तपाईको निवेदन स्विकृत गर्नुपर्ने कुनै कारण नै छैन। तर तपाईको कथाले त यहा यस हुनुपर्ने होईन र? मेरो कुरा सुनेपछि उहाले भन्नुभो हो। मलाई एजाईलम अफिसरले पनि यही प्रश्न तीन पटक सोधेका थिए तर मैले फाराममा लेखे मmै नो नै भनेको थिए। यो कुरा त यादै गरिएनछ। बेलैमा वकिल राखेको भए सायद मेरो मुद्दा स्विकृत हुन्थयोकि? उहाले मेरो फि सोध्नु भो। मेरो फि सुनेर उहाले भन्नुभोे, अदालतमाको फि त फलानाले यति मात्रै तिरेको छु भन्थ्योत? मैले भने उहाको मुद्दा मैले नै सुरुदेखि हेरेको हुदा अदालतमा गएपछि त्यती लिएको हो। अनि उन्ले सोधे मैले त सुरुमा त्यो भन्दा बढी एजेण्टलाई तिरेको छु। मैले भने त्यो एजेण्टले तयार पारेको कागजतामा वकिल भर पर्दैनन। अत यी सबै कागजात तपाईलाई सोधपुछ गरी पुन सबै नया रुपबाट तयार गरेर अदालतमा पेश गर्नुपर्दछ वकिलले। त्यसैले सुरुको पैसा पनि यस्मा जोडिएको छ। सुरुदेखि कै काम वकिलबाटगराऊनु भएको भए तपाईले पनि अरुले मmै अदालतमा गएको मात्र फि तिर्नुपर्ने थियो। त्यसपछि उन्ले भने एजेण्टकहा गएर ठगिइएछ। के गर्नु यो कुरा पहिला थाहा पाईएन।
६। आफन्त समाजसेवी नेताजीले एकजना ग्रिनकार्ड भएका मित्रको अमेरीकी नागरिक्ताका लागि न्युतनम शुल्क लिई फाराम भरी अद्यागमन विभाग समक्ष पठाए। फाराममा यस वा नो को जवाफ दिए पुग्ने हुदा यस्मा वकिल राखे त्यो भन्दा बढी पैसा खर्च हुने तर्क दिएर। तर अन्र्तवातामा जादा व्यक्तिले ग्रिनकार्ड बदर र देश निष्कासनको पुर्जी लिएर फर्किए। अनि वकिलका सरणमा पुगे। उनी भन्नथाले जति लागेपनि खर्च गर्न तयार आफनो स्टाटस जोगाएर अमेरीका बस्नका लागि। तर वकिलको हैसियतले प्रतिरक्षा गर्न विलम्व भै सकेको थियो। यदि फाराम भर्नु भन्दा अगाडी निजले सम्पर्क गरेका भए उन्लाई यो समस्यामा नपर्ने सल्लाह वा उपाय बताऊन सकिने सम्भावना थियो।
अमेरीकी अद्यागमन कानुनले र समय समयमा राष्ट्र्पतीको कार्यकारी आदेशबाट दिइने सुविधाको सही रुपबाट जानकारी नपाऊदा अनि त्यस्ता सुविधाहरु पाऊने उपायहरु खोज्दा तथाकथित समाजसेवी नेता, एजेण्ट अनि निहित स्वार्थ बोकेका आफन्तहरुबाट आप्रवासीहरु अमेरीकामा ठगिने गर्दछन। कतिमयले अमेरीकामा पाईरहेको सुविधा पनि गुमाऊछन। अमेरीका सपना र अवसरको देश हो। यहा आफनो भाग्य खोज्न र सुखी जिवन विताऊन संसारभरीकामा मानीसहरु आऊछन। कोही भिषा लिएर अनि कोही दलाललाई पैसा ख्वाई जंगल र मालसामान राख्ने कन्ण्टेनरमा आफनो जिवनलाई धरापमा राखेर। अमेरीकामा आएपछि उनीहरुलाई मानविय सहाराको अन्त्यन्त आवस्यता परेको हुन्छ। सरकारले दिने सुविधाहरु पाऊने बाटा र आधारहरु उनीहरुलाई थाहा हुदैन। अनि उनीहरु आड र भरोसको खोजीमा आफनै समुदायमा पुग्छन। यसरी उनीहरु पुग्ने ठाऊमा भेटने गरेका मान्छेहरु प्राय भरोसायोग्य हुदैनन बोली र छापामा देखिएजस्तै। अनि ठगिन्छन। तसर्थ यस्तो अवस्थामा एनआरएन जस्ता संस्थाहरुले अमेरीकामा रहने नेपालीहरुलाई अद्यागमन कानुन र अन्य कानुनले दिएका संघिय र राज्यस्तरका सुविधाहरु के कसरी कानुन बमोजिम पाऊन सकिन्छ भन्ने बारेमा जानकारी दिने। निशुल्क रुपबाट सेवा प्रदान गर्ने निकायहरुको बारेमा जानकारी दिने र आफुले पनि त्यस्तो सेवा पुरयाऊने। अनि समुदायमा रहेका कथित समाजसेवी, नेता, एजेण्ट, र आफन्तहरुबाट ठगिनबाट कसरी बच्ने, पिडित भएमा कहा उजुर गर्ने भनि समाजमा जनचेतना जगाऊने कार्य गर्नु आवस्यक छ। (यो लेख एनआरएनएको स्मारिका २०१५ मा प्रकाशित भएको छ)
९ंबिनोद रोका, न्यूर्याेक राज्यको उच्च न्यायालय, अपिलाट डिभिजनको दोश्रो न्याय विभागमा एर्टनी एट ल को रुपमा मान्यता प्राप्त वकिल र अमेरीकी ईमिग्रेशन बार एशोसियसन एवं न्यूर्योक ईमिग्रेशन बार एशोसियसनका सदस्य। हाम्रो कानुनी सेवा प्रति यहाको ध्यानाकर्षण रहोस भन्ने ध्येय यहा राखिएको छ। तपाइहरुलाई अगाडीको जस्तैैै सफलता दिलाऊने हाम्रो प्रयास रहनेछ यद्यपि सफलताको ग्यारेण्टी भने हाम्रो हातमा छैन। यहालाई यो लेखमा चर्चा गरिएको विषयमा सामान्य जानकारी गराउने सम्मको ध्येय राखिएको छ। तसर्थ निश्चित सेवाको लागि वकिल मुकरर नगरेसम्म हामीमा पक्ष र वकिलको सम्वन्ध कायम रहने छैन। कानुनले दिएको सुविधा प्राप्तीका लागिे निवेदन गर्नुपर्दा इजाजत प्राप्त सम्वन्धित विषयका वकिलको सल्लाह लिई गर्नु उचित हुन्छ।

तपाईको अमेरीकी अद्यागमन र न्यूर्योक राज्यको कानुन सम्वन्धि कुनै समस्या भए कानुनी सल्लाहको लागि रोकालाई वहाको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा [email protected]/ www.binodlaw.com मा सम्पर्क राख्न सक्नुहुने छ। ०

प्रतिक्रिया