स्वाइन फ्लु नियन्त्रित
काठमाडौँ, १३ चैत । नेपालमा स्वाइन फ्लुको सङ्क्रमण भएका रोगीको सङ्ख्या बढेको छैन ।
शुक्रराज ट्रपिकल सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार परीक्षणका लागि विभिन्न अस्पतालमा आउने रोगीको सङ्ख्या दैनिक १०० देखि १५० को सङ्ख्यामा रहे पनि गम्भीर प्रकृतिका रोगी भने छैनन् । हाल शुक्रराज ट्रपिकल अस्पतालमा भर्ना भई उपचार गरिरहेका पाँच रोगी मात्र छन् ।
रासससँग कुरा गर्दै अस्पतालका फ्लुरोग विशेषज्ञ डा शेरबहादुर पुनले स्वाइन फ्लुबाट प्रभावितको सङ्ख्या हाल स्थिर अवस्थामा रहेको र केही दिनपछि बिस्तारै घट्दै जाने विश्वास व्यक्त गर्नुभयो । बिरामीको सङ्ख्या विभिन्न अस्पतालमा विभाजित अवस्थामा रहेकाले रोगीको सङ्ख्या यति नै छ भनेर किटानी गरेर भन्न सक्ने अवस्थामा नरहेको उहाँको भनाइ थियो ।
रोगबाट बच्नका लागि सार्वजनिक यातायात तथा भिडभाड भएका ठाउँमा सकभर जान नहुने र त्यस्तो ठाउँमा गएर फर्केपछि साबुन पानीले हातमुख धुने, दिनभरि प्रयोग गरिएको ‘मास्क’ धुने तथा रोग सङ्क्रमणको सम्भावना अत्यधिक हुने हुनाले बच्चा र वृद्धवृद्धालाई सकभर भिडभाड भएको क्षेत्रमा जान नहुने उहाँको सुझाव छ ।
उहाँका अनुसार स्वाइन फलुको सङ्क्रमण देखिएसँगै मानिसमा मास्क लगाउनेको सङ्ख्या बढे पनि मास्क लगाउँदैमा शतप्रतिशत सुरक्षित हुन्छ भन्ने भ्रम पाल्न हुँदैन, तर मास्क लगाउँदा केही फाइदा भने हुन्छ ।
मौसम परिवर्तनका कारण रोगीको सङ्ख्या बढ्न सक्छ कि भनी सोधिएको प्रश्नको जवाफमा डा पुनले स्वाइन फ्लु भारतबाट आएको हुन सक्ने र रोगको सङ्क्रमण मौसम परिवर्तनकै कारण बढ्ने खतरा नभएको स्पष्ट गर्नुभयो ।
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
जसलाई लाज लाग्नुपर्थ्यो, ऊ त वेसरम वन्यो
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
काठमाडौको प्रदुषण र जाम हटाउन चीनबाट केही सुझाबहरु
जर्ज फ्लोयडले न्याय पाएकोमा सभामुख न्यान्सी पेलोसीद्वारा हर्ष व्यक्त
न्याकद्वारा राम नवमीमा पूजा अर्चना र भजनकीर्तन गरिंदै
विश्वराज बास्तोला वोर्ड सदस्य मनोनयन
भर्जिनियाको एक व्यायामशालामा पुरुषले छतबाट महिलाको लुगा फेर्ने कक्षमा चियाउदा १९ वटा अभियोगमा पक्राउ
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट ७० हजार ३ सय संक्रमित ,२१ करोड १५ लाखलाई कम्तिमा प्रथम खोप
प्रतिक्रिया