लैङ्गिक उत्पिडनमा परेका महिलालाई अधिकारसम्पन्न पार्नुपर्छ– डा भट्टराई
काठमाडौँ, १३ चैत । अर्बुद रोगको बारेमा जनचेतना जगाउने उद्देश्यका साथ ‘ज्ञानु दाहाल क्यान्सर मेमोरियल ट्रस्ट’ नेपालको स्थापना गरिएको छ ।
एकीकृत नेकपा (माओवादी) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले आज यहाँ आयोजित कार्यक्रममा सो ट्रस्टको घोषणा गर्नुभएको हो ।
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालकी जेठी छोरी ज्ञानुको गत साल आजकै दिन अर्बुद रोगका कारण निधन भएको थियो । आम जनतामा अर्बुद रोगसम्बन्धी चेतनाको विकास तथा विस्तार गर्ने र पूर्वावस्थामा रहेका बिरामीलाई रोगको जाँच तथा नियन्त्रणका लागि प्रभावकारी उपायको खोजी गर्न सहयोग गर्ने उद्देश्यले ट्रष्टको स्थापना गरिएको ज्ञानुका श्रीमान अर्जुन केसीले जानकारी दिनुभयो ।
ट्रष्ट स्थापना भएकोमा खुसी व्यक्त गर्दै एमाओवादीका वरिष्ठ नेता डा भट्टराईले लैङ्गिक तथा क्षेत्रीय उत्पिडनमा परेका महिलालाई अधिकार सम्पन्न बनाउनु नै आफ्नो पार्टीको प्रमुख कार्यभार रहेको बताउनुभयो ।
चेतनाको अभावमा अर्बुद रोगबाट मुलुकभर प्रतिबर्ष तीन हजार ५०० भन्दा बढी नागरिक पीडित हुने गरेको उल्लेख गर्दै उहाँले २१ प्रतिशतभन्दा बढी महिला त्यसबाट प्रभावित हुनु दुःखद रहेको उहाँको भनाइ थियो । महिलामा बढी मात्रामा स्तन क्यान्सर हुने गरेको, उपचारमा बढी समय लाग्ने गरेको भन्दै उहाँले नागरिक सचेतनाका लागि ट्रष्टको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
सरकारले अर्बुद रोग लागेका बिरामीको उपचारका लागि रु ५० हजार सहयोग उपलब्ध गराउँदै आएको छ ।
कार्यक्रममा एमाओवादी नेता तथा कार्यकर्ता, वरिष्ठ पत्रकार युवराज घिमिरेलगायतको उपस्थिति थियो भने दुई सयभन्दा बढीले रक्तदानसमेत गरेका थिए ।
उत्तर क्यारोलाइनाकी एक महिलाले कोरोना सहायता ऋणबाट गरगहना,हिरा र महङ्गा समान खरिद गर्दा अदालतमा
डिसीकी नगर प्रमुख म्युरिएल बाउजरकी दिदीको कोरोनाको जटिलताबाट निधन,मर्मस्पर्शी वक्तब्य
द्रुतगतिमा गाडी चलाएका टाइगर वुड्सको खुट्टामा फलामे डन्डी राखियो,वुडको स्वास्थ्यमा सुधार
जोन्सन एण्ड जोन्सनको कोभिड-१९ बिरुद्ध एकल खोपले गम्भीर कोरोनाको रोकथाम हुने : एफडिए
टाइगर वुडले द्रुतगतिमा गाडी चलाउदा दुर्घटना हुँदा बालबाल बचे ,दुवै खुट्टामा गम्भीर चोटपटक
प्रतिक्रिया