पूर्वी क्षेत्रमा अविरल वर्षाले गर्दा गहुँबालीमा क्षति
इनेप्लिज
२०७१ चैत १३ गते ६:१८ मा प्रकाशित
विराटनगर, १३ चैत । मोरङमा अविरल वर्षासँगै परेको असिनाका कारण गहुँबालीको उत्पादनमा प्रतिकूल असर पर्ने देखिएको छ ।
पाक्न लागेका गहुँको उत्पादनमा कमी र बीउका लागि उत्पादन गर्न लागिएका गहुँबाली यतिखेर भिजेपछि प्रतिकूल असर परेको जिल्ला कृषि विकास कार्यालय, मोरङका प्रमुख राजेन्द्र उप्रेतीले जानकारी गराउनुभयो ।
तराईको पूर्वी क्षेत्रमा आज बिहान करिब दुई घन्टा अविरल वर्षाका साथै पातलो असिना परेको छ । यस वर्षाबाट गहुँबालीलाई क्षति पुगे पनि मकै र तरकारी बालीलाई फाइदा पुगेको कार्यालय प्रमुख उप्रेतीले बताउनुभयो ।
सो वर्षाका कारण विराटनगर उपमहानगरपालिकाका सहायक सडकको माथिबाट पानी बगिरहेको छ । चैत महिनाको यो वर्षाले गर्दा आगलागीका घटनामा कमी आउने विश्वास गरिएको छ ।
क्यालिफोर्निया गाडीहरु एक आपसमा ठोकिदा १५ जनाको मृत्यु
न्यूयोर्कका गभर्नर कुमो बिरुद्ध यौन उत्पीडनमा परेको भन्दै तेश्रो महिलाको आरोप
न्यूयोर्कको अदालतका एक प्रहरीद्वारा शौचालयमा आफै गोली हानी आत्महत्या
अमेरिकाको टेनेसीमा नदीमा आएको बाढीले गाडी भित्र फसेका ५ जनाको सकुसल उद्धार
अमेरिकामा १ करोड १ लाख ७५ हजार मानिस कोरोनाबाट मुक्त ,७ करोड ५२ लाखले खोप लगाए
प्रतिक्रिया