चित्तल मार्ने पक्राउ

इनेप्लिज २०७१ चैत १३ गते ३:२९ मा प्रकाशित

chittalभीमदत्तनगर, १३ चैत । सामुदायिक वनमा आएको चित्तल मार्ने गिरोहका एकजना जिल्ला वन कार्यालय कञ्चनपुरले पक्राउ गरेको छ ।

भीमदत्त नगरपालिका–९ ब्रह्मदेवका पदमराज भट्टलाई आज बिहान चित्तल मारेको प्रमाणसहित वन कार्यालयले पक्राउ गरेको जिल्ला वन अधिकृत पशुपतिनाथ कोइरालाले बताउनुभयो ।

उहाँले विशेष सुराकीका आधारमा चित्तलको मासु, बोक्न प्रयोग गरिएको डोकोलगायतका प्रमाणसहित भट्टलाई पक्राउ गरेको जानकारी दिनुभयो ।

उनीमाथि थप अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया