गोकुलेश्वर(दार्चुला), १३ चैत । दार्चुलामा वार्षिक तीन हजार मेट्रिक टनभन्दा बढी खाद्यान्न अपुग हुने गरेको छ ।
छब्बीस हजार ७८८ मेट्रिक टन खाद्यान्न आवश्यक रहेको जिल्लामा अहिले तीन हजार २७० मेट्रिक टन खाद्यान्न अपुग रहेको जिल्ला कृषि विकास कार्यालय दार्चुलाले जनाएको छ ।
सो कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत खगेन्द्रप्रसाद शर्माका अनुसार अहिले जिल्लामा २३ हजार ५८५ मेट्रिक टन खाद्यान्न उत्पादन हुन्छ । जिल्लामा उत्पादन भएको खाद्यान्न वर्ष भरी पुग्ने अवस्था नरहेको उहाँको भनाइ छ ।
जिल्लामा चार हजार ८८० हेक्टर क्षेत्रफलमा प्रमुख खाद्यान्न बाली धानको उत्पादन र पाँच हजार ९६५ हेक्टर क्षेत्रफलमा गहुँको उत्पादन हुने गरेको छ ।
दार्चुलामा २९ हजार ५४ हेक्टर जमिन कृषि योग्य भएता पनि २२ हजार ८२५ हेक्टर जमिन मात्रै उपभोग गरिएको उहाँले बताउनुभयो ।
कृषकहरुले अझै पनि परम्परागत कृषि प्रविधि अपनाइरहेकाले पनि जिल्लामा खाद्यान्नको अभाव हुने गरेको उहाँको भनाइ छ ।
प्रतिक्रिया