शनिबार, मंसिर २० २०७७
काठमाडौं ०२:४४
वासिङटन डिसी 15:59

भारतको लज्जास्पद हारले ल्याएको तरंग

इनेप्लिज २०७१ चैत १२ गते १४:०० मा प्रकाशित

Laxmi-Kafle-Final

Australia-India-Cricket– लक्ष्मी काफ्ले

भारतीय अभिनेत्री अनुष्का शर्मा आफ्नो प्रेमी बिराट कोहलीको खेल हेर्न अष्ट्रेलिया पुगिन् । तर, बिराटले एक दर्जन बलको सामना गर्दै मात्र एक रन बनाएर आउट हुँदा अनुष्काको मुहार कस्तो भएको थियो, क्रिकेट हेरिरहने सबैलाई त्यो थाहा छ ।

अनुष्का त एक उदाहरण मात्र हुन् । उनी त आफ्नो प्रेमी बिराटलाई समर्थन गर्न गएकी थिइन् । गएर भेटिन् पनि । सँगै खाना पनि खाइन् । उनी चाहन्थिन् बिराटले आफ्नै अगाडि शतक लगाउन् । आफूतिर हेर्दै ब्याट उठाउन् । तर, उनको त्यो चाहना अपूरो रह्यो । विश्वकपमा बिराटले शतक बनाएको हेर्न अब उनले चार वर्ष पर्खनुपर्ने भएको छ । नायिका–प्रेमिकाको अगाडि नायक बन्न सकेनन् बिराट ।

प्रतिक्रिया