विश्व हिन्दू महासङ्घको छैटौँ राष्ट्रिय महासम्मेलन यही चैत १४ देखि
इनेप्लिज
२०७१ चैत १२ गते २:०२ मा प्रकाशित
काठमाडौँ, १२ चैत । सनातन हिन्दू राष्ट्र माग गर्दै आएको विश्व हिन्दू महासङ्घको छैटौँ राष्ट्रिय महासम्मेलन यही चैत १४ गते हुने भएको छ ।
विश्व हिन्दू महासङ्घका अध्यक्ष डा रामचन्द्र अधिकारीले यही चैत १४ गते रामनवमीको अवसर पारेर महासम्मेलन गर्न लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सनातन धर्मको रक्षा गर्दै नयाँ पुस्ता लैजानका लागि हामीले उक्त सम्मेलन गर्न लागेका हौँ ।”
सो महासम्मेलनमा भारतीय जनता पार्टीका केन्द्रीय सचिव अरुणकुमार जैन, भाजपाका नेता डा दिनेश उपाध्याय, नेपाली काँग्रेसका नेता खुमबहादुर खड्का, लक्ष्मणप्रसाद घिमिरे, हरिबोल भट्टराई, कृष्णा अमात्य, सुवर्ण ज्वारचनलगायतका नेताहरु सहभागी हुने महासङ्घले जनाएको छ ।
सो अवसरमा शान्तिबाटिकाबाट शान्ति ¥याली पनि निकालिने भएको छ । महासम्मेलनमा एक हजारभन्दा सहभागी हुने बताइएको छ ।
डिसीमा कूल ५ जना महिला तथा पुरुषलाई गोली प्रहार,संदिग्धको ब्यापक खोजी
टेक्सस ड्यालसका प्रहरी अधिकारीको निर्देशनमा दुई जनाको हत्या गरिएकोमा प्रकाउ
भर्जिनियामा कोभिड-१९ बाट १० बर्ष मुनिका बच्चाको पहिलो पटक मृत्यु
गभर्नरहरुले टेक्सस र मिसिसिपीमा मुखावरण नलगाउनु पर्ने घोषणा गरेता पनि ठूला व्यवसायले त्यसको पालना गर्ने
वाशिंगटन डिसीमा मिलिशिया समूहको ‘सम्भावित षड्यन्त्र’ पत्ता लागे पछि सुरक्षा कडा
प्रतिक्रिया