सन्नीले मागिन् १९ लाखको पेन्टी

इनेप्लिज २०७१ चैत १२ गते १:४० मा प्रकाशित

DSC09896-800x532

एजेन्सी । पोर्न स्टार सन्नी लियोनीको भित्री बस्त्रको बिषयले फेरि चर्चा पाएको छ । ‘एक पहेली लीला’मा अभिनय गरिरहेकी सन्नीले हालै १९ लाख पर्ने पेन्टी मागेको खुलासा भएको छ । आइटम डान्सका क्रममा उनले लगाउने अन्तरबस्त्रका बिषयमा निर्माण पक्ष र सन्नीवीच बिबाद भएको हो । निर्माण पक्षले दिएको भित्री बस्त्र जब ‘भिक्टोरिया सिक्रेट’ ब्राण्डको नभएपछि सन्नीले सुटिङ नगर्ने अडान लिइन् । तर, निर्माण पक्षले उनको माग पूरा गर्न सक्ने अबस्था थिएन् । किनकी उनले मागेका बस्त्रको मूल्य १० लाख भारतीय रुपैयाँ अर्थात् करिव १६ लाख नेपाली रुपैयाँ पर्दथ्यो । निर्माण पक्षले ब्यबस्था गरेका बस्त्र पनि कम मूल्यावान थिएनन् । तर, सन्नी भिक्टोरिया सिक्रेटबाहेक अन्य ब्राण्डका बस्त्र आफ्ना जीउमा लगाउने पक्षमै थिइनन् । अन्तत: निर्माता र निर्देशकले नै उनलाई फकाउनुपर्ने अबस्था आयो । फिल्मको बजेट निकै कम भएको र त्यति महंगा लुगा किनिदिन नसक्ने भन्दै अनुनय बिनय गरेपछि अन्तत: सन्नी निर्माण पक्षले व्यवस्था गरेकै गुलावी बस्त्र लगाएर नाच्न तयार भएकी थिइन् ।

प्रतिक्रिया