बुधबार, मंसिर १७ २०७७
काठमाडौं १८:२१
वासिङटन डिसी 07:36

संविधान लेखनमा देखिएको अवरोध अन्त्य गर्न माग

इनेप्लिज २०७१ चैत ११ गते १४:२८ मा प्रकाशित

bamdevकाठमाडौँ, ११ चैत । संविधान लेखनमा देखिएको अवरोध अन्त्य गरी चाँडै संविधान लेखन प्रक्रिया सुरु गर्न माग गर्दै ‘आदर्श नागरिक समाज नेपाल’ले उपप्रधानमन्त्री वामदेव गौतमलाई आज ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री गौतमले जनताको भावनाअनुरुपको माग समाजले राखेको बताउँदै सरकार पनि सोहीअनुरुप अगाडि बढ्न तत्पर रहेको बताउनुभयो । उहाँले संविधान लेखनको लागि दबाब अभियान चलाउन आवश्यक रहेकामा जोड दिँदै नागरिक समाजलाई त्यसको पहल लिन आग्रह गर्नुभयो ।
संविधान लेखनका लागि तोकिएको मिति माघ ८ घर्किए पनि अझै दलहरु सहमतिमा पुग्न नसकेको र संविधान लेखन प्रक्रिया अवरुद्ध रहेकाले त्यसलाई सुचारु गर्न दबाब दिने उद्देश्यले अभियान सुरु गरिएको समाजका अध्यक्ष सागरकुमार पाठकले जानकारी दिनुभयो ।
ज्ञापनपत्रमा मुलुकमा अशान्ति, अस्थिरता, दण्डहीनता बढेको, राष्ट्रियता कमजोर बन्दै गएको, महिला हिंसा दिनानुदिन बढ्दै गएको, महँगी एवम् भ्रष्टाचार बढ्दै गएको भन्दै त्यसको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न ध्यानाकर्षण गराइएको छ ।

प्रतिक्रिया