तीन क्विन्टल सुपारीसहित तीन जना पक्राउ
गौशाला, ११ चैत । नेपालबाट भारततर्फ सुपारी तस्करी गर्न लागेको अवस्थामा सशस्त्र प्रहरीले आज बिहान महोत्तरीको मटिहानीबाट तीन क्विन्टल सुपारीसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषा जिल्लाको तुल्सियाही जब्दी गाविस– ६ बस्ने ३० वर्षीय जयनेपाल यादव, २५ वर्षीय रञ्जीत यादव र ३५ वर्षीय प्रमोद यादव रहेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महोत्तरीले जनाएको छ ।
आज मिर्मिरे बिहानीको मौका छोपी पाँच जनाको समूहमा पाँच वटा साइकलमा तीन क्विन्टल सुपारी बोकी मटिहानी– ९ स्थित बाटो भएर भारतको मधवापुर जान लागेका सुपारी तस्करलाई सशस्त्र प्रहरी बिओपी मटिहानीबाट खटिएका गस्ती टोलीले पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी निरीक्षक कृष्ण पौडेलको नेतृत्वमा खटिएको सो टोलीले राजस्व छली गरी नेपालबाट भारत तस्करी गर्न लागेको सुपारीसहित तीन जना तस्कर पक्राउ गर्न सफल भएको र दुई जना फरार भएकोे बताएको छ ।
तस्करबाट बरामद गरिएको तीन क्विन्टल सुपारी र पाँच थान साइकल आवश्यक कारबाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय भिट्ठामोडमा बुझाइएको तथा तस्करलाई सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महोत्तरीमा राखी आवश्यक अनुसन्धान भइरहेको सशस्त्र प्रहरी निरीक्षक पौडेलले बताउनुभयो ।
टेक्सस ड्यालसका प्रहरी अधिकारीको निर्देशनमा दुई जनाको हत्या गरिएकोमा प्रकाउ
भर्जिनियामा कोभिड-१९ बाट १० बर्ष मुनिका बच्चाको पहिलो पटक मृत्यु
गभर्नरहरुले टेक्सस र मिसिसिपीमा मुखावरण नलगाउनु पर्ने घोषणा गरेता पनि ठूला व्यवसायले त्यसको पालना गर्ने
वाशिंगटन डिसीमा मिलिशिया समूहको ‘सम्भावित षड्यन्त्र’ पत्ता लागे पछि सुरक्षा कडा
मेरिल्याण्डका पूर्व प्रहरी प्रमुखलाई शृंखलाबद्ध रुपमा दर्जनौ घरमा आगजानी लगाएको आरोपमा पक्राउ
प्रतिक्रिया