शनिबार, मंसिर १३ २०७७
काठमाडौं ०७:५६
वासिङटन डिसी 21:11

प्रमुख दलहरूको निषेधले संविधान बनेन: अध्यक्ष थापा

इनेप्लिज २०७१ चैत १० गते १३:४६ मा प्रकाशित

kamal-thapa1पोखरा, १० चैत । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रमुख राजनीतिक दलहरूको निषेधको राजनीतिले गर्दा नयाँ संविधान निर्माणमा अवरोध भएको बताउनुभएको छ ।

राष्ट्रिय पत्रकार समाज नेपाल कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले दोस्रो संविधानसभाले पनि समयमै संविधान दिन नसक्दा जनतामा नैराश्यता आएको बताउनुभयो ।

राप्रपा र राप्रपा नेपालबीच एकीकरणको लागि वार्ता भइरहेको जानकारी दिँदै उहाँले देशमा शान्ति सुव्यवस्था र आर्थिक समृद्धिका लागि एक राष्ट्रवादी शक्तिको खाँचो भएको औँल्याउनुभयो ।

प्रतिक्रिया