शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं १२:५९
वासिङटन डिसी 02:14

ला लिगामा बार्सिलोनाद्धारा रियालमड्रिड पराजित

इनेप्लिज २०७१ चैत १० गते ९:४८ मा प्रकाशित

81833765_barcelona

काठमाडौं, १० चैत्र । स्पेनिस ला लिगा अन्तर्गत गएरातीको खेलमा दावेदार बार्सीलोनाले रियाल मड्रिडलाई हराएको छ ।

एल क्लासिकोको नामले चिनिने चर्चित भिडन्तमा घरेलु टोली बार्सीलोना २-१ ले विजयी भयो ।उपाधि होडमा निकै महत्वपुर्ण मानिएको यो खेलमा बार्सीलोनालाई विजयी गराउन जेरेमी म्याथ्यु र लुईस सुवारेजले एक एक गोल गरे ।

पराजित टोली रियाल मड्रिडका लागि क्रिश्चियानो रोनाल्डोले एक गोल गरे । जितसँगै बार्सीलोनाले ला लिगाको उपाधि दावेदारीलाई बलियो पारेको छ भने रियाल मड्रिड दबाबमा आएको छ । ला लिगा अन्तर्गत गएरातीका अन्य खेलहरुमा सेभियाले भिल्लारीयाललाई २-० ले तथा रियाल सोसीडाडले कोर्डोबालाई ३-१ ले हराएका छन् ।

डेपोर्टीभो ला कोरुनिया र इस्पानियोलले गोलरहित बराबरी खेलेका छन् । गएरातीका खेलहरुपछि २८ खेलबाट ६८ अंक जोडेको बार्सीलोना शिर्ष स्थानमा रहेको छ । समान खेलबाट ६४ अंक जोडेको रियाल मड्रिड दोस्रो स्थानमा छ भने ६० अंकको भ्यालेन्सीया तेस्रो स्थानमा छ ।

प्रतिक्रिया