शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं १४:०१
वासिङटन डिसी 03:16

निकट भविष्यमै संविधान बन्ने डा भट्टराईको विश्वास

इनेप्लिज २०७१ चैत १० गते ८:४४ मा प्रकाशित

pm_baburam-bhattarai

जनकपुरधाम, १० चैत । एमाओवादीका नेता तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले निकट भविष्यमै नयाँ संविधान निर्माणको महत्वपूर्ण कार्यभार पूरा हुने विश्वास व्यक्त गर्नुभएको छ ।

पहिलो संविधानसभाबाट संविधान दिन नसक्नुमा आफ्नोमात्र गल्ती नभएर समस्यामाथि समस्या थप्दै जाने प्रकृत्ति मुख्य कारण रहेको उहाँले बताउनुभयो ।
मिथिला ऋतु सप्ताहिकका सम्पादक उमेश साहद्वारा लिखित ‘नियति’ व्यङ्ग्य सङ्ग्रहको लोकार्पण गर्दै डा भट्टराईले तराईमा दुई र पहाडमा सातदेखि आठ वटा राज्य बन्ने बताउँदै सबै जातजाति र भाषाभाषीलाई स्वायत्त राज्य दिएर सङ्घीय राज्य निर्माण गर्नुपर्छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “समयमा संविधान नआउनुको एउटै कारण हो मुठीभरि सत्ताधारी जातका व्यतिmहरु, जसले सधैँ सत्तामा आफूलाई देख्न चाहन्छन् ।”
समारोहमा माओवादीका पोलिटब्युरो सदस्य रामचन्द्र झा, प्राज्ञ रमेज रञ्जन झा, डा सुरेन्द्र लाभलगायतका वक्ताले पुस्तकमाथि प्रकाश पार्नुभयो ।

प्रतिक्रिया