विद्युत् अभावमा कच्चापदार्थ उत्पादन गर्ने योजना अलपत्र

इनेप्लिज २०७१ चैत १० गते ८:२९ मा प्रकाशित

Morang_district_location_mapमोरङ , १० चैत । वार्षिक रुपमा रु छ अर्बको कर्कटपाता भारत निकासी गर्दै आएको विराटनगरको बहुर्राष्ट्रिय कम्पनी आरती स्ट्रिप्सले विद्युत् अभावमा कच्चापदार्थ उत्पादन गर्न सकेको छैन ।

निकासी तर्फ पूर्वाञ्चलमै पहिलोस्थान बनाएको सो उद्योगले तीन वर्षदेखि कर्कटपाताको कच्चापदार्थ कोल्ड रोलको उत्पादन गर्ने कारखाना स्थापना गर्न सकेको छैन ।

आरती स्ट्रिप्सका उपाध्यक्ष संञ्जिव शर्माका अनुसार कारखानालाई आवश्यक पर्ने विद्युत् नेपाल विद्युत् प्राधिकरणले उपलब्ध नगराएपछि कारखाना स्थापना गर्ने योजना अलपत्र परेको हो ।

कर्कटपाताको कच्चापदार्थ उत्पादन गर्ने योजना विद्युत् अभावमा अलपत्र परेको उहाँको भनाई छ । आरती स्ट्रिप्समा चारसय नेपाली काम गर्दैआएको उद्योगले जनाएको छ ।

उद्योगले दैनिक तीन सय मेट्रिक टन कर्कटपाता उत्पादन गर्दैआएको छ । त्योमध्ये एक सय मेिट्रक टन रङ्गिन जस्तापाता उत्पादन गर्छ । सो उद्योगले ५० मेिट्रक टन ब्ल्याक पाइपसमेत उत्पादन गर्दै आएको छ ।

सो पाइप नेपालमै खपत हुनेगरेको उद्योगले जनाएको छ ।

प्रतिक्रिया