बीस महिनामा साढे सात हजारभन्दा बढी असहायको उपचार
भीमदत्तनगर, १० चैत । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालले बितेका २० महिनामा साढे सात हजारभन्दा बढी असहायको स्वास्थ्य उपचार गरेको जनाएको छ ।
सरकारले पाँच किसिमका बिरामी ज्येष्ठ नागरिक, अतिगरिब, गरिब, अपाङ्ग र महिला स्वास्थ्य स्वयम्सेविका गरी सात हजार ८३२ को उपचार निःशुल्क गरिएको महाकाली अञ्चल अस्पातालले बताएको छ ।
गत आर्थिक वर्ष २०७०/०७१ मा अस्पतालले चार हजार ५६१ बिरामीको उपचार गरेको महाकाली अञ्चल अस्पतालका कर्मचारी केशवराज अवस्थीले जानकारी दिनुभयो । उहाँले दिएको जानकारीअनुसार चालु आर्थिक वर्षको माघसम्मको तथ्याङ्कअनुसार हिंसापीडित महिलासहित गरेर तीन हजार २७२ लाई उपचार सेवा दिइएको छ ।
असहायअन्तर्गत सबैभन्दा बढी स्वास्थ्य उपचार लिनेहरुमा ज्येष्ठ नागरिक र अति गरिब रहेको उहाँले बताउनुभयो । त्यसैगरी, चालु आर्थिक वर्षमा ३२ अपाङ्ग र ३२ स्वास्थ्य स्वयम्सेविकाले स्वास्थ्य उपचार गराएका छन् । अस्पतालले यहाँ रहेका एक्स–रे, अल्ट्रासाउन्ड लगायत सबै सेवा असहायलाई निःशुल्क रुपमा प्रदान गर्दै आएको जनाएको छ ।
अस्पतालले सो क्षेत्रका पाँच किसिमका बिरामी र अस्पतालमा सुत्केरी हुन आउने महिलाको खर्चसमेत गरेर माथिल्लो निकायबाट वार्षिक ३० लाख रुपैयाँ पाउने गरेको छ । “डाक्टरको शुल्क, औषधि खरिद लगायतका खर्चका लागि रकम आउछ”–अस्पतालका लेखा अधिकृत भरत चन्दले बताउनुभयो ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १ सय संक्रमित ,३२७ जनाको मृत्यु
अमेरिकाको हाइल्याण्ड पार्क शहरमा गोली हान्ने संदिग्धलाई प्रथम श्रेणीको हत्याको ७ गणनाको आरोप
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
प्रतिक्रिया