मादक पदार्थ सेवन गरी सवारी चलाउने घटे
काठमाडौँ, ९ चैत । अघिल्लो तीन वर्षको तुलनामा यस वर्ष उपत्यकामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने चालकको सङ्ख्यामा कमी आएको छ ।
मापसे गरेर सवारी साधन चलाउँदा चालकको ज्यान नै जाने गरेको यथार्थलाई ध्यानमा राखी उपत्यका ट्राफिक प्रहरी महाशाखाले विसं २०६८ मङ्सिर १७ देखि मापसे जाँच गर्दै आएको थियो ।
आर्थिक वर्ष २०६८/६९ मा ३९ हजार ६६७, २०६९/७० मा ५२ हजार २८०, २०७०/७१ मा ५४ हजार ५३५ जना सवारी चालक मापसे कारबाहीमा परेकामा आव २०७१/७२ को फागुन मसान्त आइपुग्दा जम्मा २६ हजार ३६७ चालक मापसे कारबाहीमा परेका छन् ।
“अघिल्ला वर्षको तुलनामा यस वर्ष कम चालक मापसे कारबाहीमा परेका छन्,” ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र पाख्रिनले भन्नुभयो । उहाँले भन्नुभयो – “विगतभन्दा अहिले ट्राफिक व्यवस्था कडा भएको र मापसे कारबाहीमा परेपछि सवारी चालक अनुमतिपत्रमा प्वाल पर्ने डरले मापसेमा कमी आएको हो ।”
यस्तै सार्वजनिक सवारी साधनमा आरक्षण सिट कार्यान्वयनसम्बन्धी २०७१ पुस १ गतेदेखि चालेको कारबाहीमा तीन हजार सात सवारी साधन कारबाहीमा परेको र १४ हजार ८३० यात्रुलाई सम्झाइबुझाई गरी पठाएको पाख्रिनले जानकारी दिनुभयो ।
यस्तै ‘लेन’ अनुशासन पालना नगर्ने सवारी चालकमध्ये २६ हजार ४४१ जनालाई सचेत पारिनुका साथै २४ हजार ५७० चालकलाई कक्षामा सहभागी गराएर प्रशिक्षण दिइएको महाशाखाले जनाएको छ ।
अहिलेसम्म मापसे सेवन गरेका सवारी चालकमाथि गरिएको कारबाहीबाट रु १५ करोड ९७ लाख दुई हजार राजस्व सङ्कलन भएको छ ।
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा
एनआरएनए एनसीसी अमेरिकाको ११ औं साधारणसभा सुरु, आज ज्ञान सम्मेलन
प्रतिक्रिया