बुधबार, मंसिर १७ २०७७
काठमाडौं २१:१९
वासिङटन डिसी 10:34

नदीमा डुबेर दुई बालिकाको मृत्यु

इनेप्लिज २०७१ चैत ९ गते ७:३८ मा प्रकाशित

भीमदत्तनगर, ९ चैत । बनहरा नदीमा डुबेर कञ्चनपुरको देखतभुली गाविसका दुई बालिकाको मृत्यु भएको छ ।

देखतभुली गाविस–९स्थित वनहरा नदीमा नुहाउने क्रममा देखतभुली–८ का १४ वर्षीया सुमित्रा धामी र वडा नं ९ का १२ वर्षीया शारदा खत्रीको आइतबार बेलुकी नदीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कृष्णपुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी नायब निरीक्षक वासुदेव अवस्थीले भन्नुभयो– “नदीमा रहेको खाल्डोमा जमेको पानीमा डुबेका रहेछन् ।” प्रहरी नायब निरीक्षक अवस्थीले शव आफन्तको जिम्मा लगाइसकेको जानकारी दिनुभयो ।

प्रतिक्रिया